News Category 2075/03/04
नीजि विद्यालय, वित्तिय संस्था र अदालतले ग¥यो सरकारी निर्णयको अवज्ञा
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमा आईतवार दिएको सार्वजनिक विदाको जिल्लाका निजि विद्यालय, वित्तिय संस्था र अदालतले अवज्ञा गरेका छन् ।
प्रदेश सरकारले सार्वजनिक विदा दिए पनि सोको अवज्ञा गर्दै आईतवार सदरमुकाम राजविराजस्थित ह्याप्पील्याण्ड इंगलिश बोर्डिंग स्कूल, जानकी बोर्डिंग स्कूल, शान्ति निकेतन, मनोकामना बोर्डिंग स्कूल, शिव्स बोर्डिंग स्कूल, ग्लोबल इंगलिश बोर्डिंग स्कूल लगायत एक दर्जन बढी स्कूलले अध्ययन अध्यापन कार्य संचालन गरेका थिए ।
त्यस्तै यहाँस्थित सनराईज बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक मछापुच्छ«े बैंकका साथै सप्तरी जिल्ला अदालत र राजविराज–जनकपुर उच्च अदालत पनि खुल्ला रहे ।
यसअघि पनि प्रदेश सरकारले बैशाख महिनामा जानकी नवमीको अवसरमा दिएको सार्वजनिक विदा समेत अधिकांश निजि विद्यालय, वित्तिय संस्थाहरुले अवज्ञा गरेका थिए ।
यसैबीच एनप्यावशन सप्तरीका अध्यक्ष एवं मनोकामना बोर्डिङ्ग स्कुलका प्रिन्सिपल बौकु साहले आइतबार बिहान पानी परिरहेकोले विद्यार्थीहरु स्कुल आएपछि टिफिन समयमै स्कुलमा विदा दिएको बताएका छन् ।
यस्तै सनराइज बैंक राजविराज शाखाका प्रबन्धक रोहित महासेठले भने, “हामी प्रदेश सरकारको हरेक निर्णय मान्न तयार छौं, तर बिदा सम्बन्धी हामीलाई आधिकारिक जानकारी अर्थ मन्त्रालयको वेभसाईटमा आउने भएकोले त्यहाँ नआएको र कुनै छुट्टै आधिकारिक पत्रसमेत नआएकोले नियम बमोजिम सञ्चालन गर्नुपर्याे ।’
यस सम्बन्धमा प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बारम्बार प्रादेशिक सरकारको निर्णयको अवज्ञा गर्दै आइरहेका ती संस्थाहरुप्रति आक्रोस व्यक्त गर्दै भने, “अहिले पनि ती संस्थाहरु केन्द्रिय मानसिकताबाट बाहिर आउन सकेका छैनन्, विदाका दिन पनि केही विद्यालय र कार्यालय संचालनमा आएको जानकारी आफुलाई पनि प्राप्त भएको छ, यस सम्बन्धमा प्रदेश सरकारले छिट्टै कडा निर्णय लिनेछ ।” उनले भने, “प्रदेशमा बसेर प्रदेश सरकारको निर्णय नमानेर आफु खुशी गर्नेलाई स्पष्टीकरणदेखि अन्य कार्वाही प्रक्रिया अघि बढ्छ ।”
यता निजि विद्यालयहरुले इदको अवसरमा आफूखुशी शुक्रबार नै विदा दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ