News Category 2075/03/05
प्रिन्सिपलको कुटाईबाट विद्यार्थी सिकिस्त
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराज ६ स्थित होलीक्रस इङ्गिलस वोर्डिङ्ग स्कुलका संचालक एवं प्रिन्सिपल समेत रहेका बिनोद साफिले विद्यार्थीलाई निर्घाट कुटपिट गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका १ घर भई हाल सोहि विद्यालयको होस्टल नजिकै डेरा लिई वस्दै आएका १४ वर्षिय धर्मदेव साह प्रिन्सिपल साझिको कुटाईबाट सिकिस्त विरामी भएका हुन् ।््
उनको छाति, पिठ्यु र कम्मरमा गहिरो चोट लागेको पीडित परिवारले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
गत शनिवार दिउँसो घाईते वालकलाई उपचार गराउन विराटनगर गएका कारण दुई दिन ढिलो गरी घटना पत्रकार सम्मेलन मार्फत सोमबार सार्वजनिक गरिएको छ ।
पीडित वालकको परिवारका अनुसार स्थानीय पवि माविमा कक्षा १० मा अध्ययनरत साह शनिवार विदाका दिन डेरा नजिकै रहेको होलिक्रस वोर्डिङ्ग स्कुलको होस्टलमा रहेका साथी अमित यादवसँग प्रांगणमा झुला झुल्दै थिए । अचानक झुलाको सिक्री भाँचिएर अमित ढलेका थिए । जसकाकारण अमितको टाउकोमा सामान्य चोट लागेको थियो ।
सोहि घटनाको विषयलाई लिएर प्रिन्सिपल साफिले लाठि र लात्तीले अन्धाधुन्द प्रहार गर्दा छोरा धर्मदेव गम्भिर घाईते भएको वुवा रामआसिस साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विद्यार्थीहरु खेल्दै गर्दा भएको सामान्य दुर्घटनाको निहुँमा आवेशमा आई प्रिन्सिपल साफिले पशु जस्तो ब्यवहार देखाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा उपस्थित प्रत्यक्षदर्शीहरुले प्रिन्सिपल साफिले मानविय सम्वेदना गुमाएर वालक साहलाई पशुझै निर्घात कुटपिट गरेको आरोप लगाए ।
घटनापछि आक्रोशित भिडले होलीक्रस वोर्डिङ्ग स्कुलमा तालावन्दि समेत गरेका थिए । उक्त तालाबन्दी भने सोमबार प्रहरीले घटनाको छानविन गरी दोषिलाई कारवाही गर्ने आश्वासन दिएपछि तालावन्दि खोलाईएको स्थानिय बासी श्याम नारायण साहले बताए ।
घटनाको सत्यतथ्य छानविन गरी यथाशिघ्र प्रिन्सिपल साफि माथि कारवाही हुनुपर्ने पीडित बालकका परिवारजनले माग गरेका छन् ।
यता प्रिन्सिपल साफीले भने आफनो विद्यालयका विद्यार्थीलाई कुटपिट गरेकाले आवेशमा ४÷५ थप्पड मात्र हिर्काएको वताएका छन् । प्रहरीले घटना वारेमा सत्यतथ्य छानविन भईरहेको र अनुसन्धानपछि दोषि माथि कारवाही गरिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ