News Category 2075/03/06
कमानन्द माझीलाई पुत्रशोक, पत्रकार महासंघद्वारा दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
छिन्नमस्ता साप्ताहिक पत्रिकाका प्रकाशक एवं सह–सम्पादक कमानन्द माझीलाई पुत्रशोक परेको छ ।
माझीका १७ वर्षिय छोरा गणेश कुमार माझीको गत सोमवार जेठ २७ गते असामयिक निधन भएको हो ।
विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका गणेशको भारतको हरिद्वार स्थित अस्पतालमा उपचारका क्रममा अल्पायुमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । राजविराजस्थित नोबेल एकेडेमीबाट एसईई परीक्षा दिएका उनको शवलाई हरिद्वारमै सद्गती गरिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा मंगलबार जारि विज्ञप्तिमा उक्त खबरले महासंघ परिवार स्तब्ध भएको जनाइएको छ ।
सोही विज्ञप्तिमा भनिएको छ, “छविगत एक दशकदेखि मिडिया क्षेत्रमा समेत सक्रिय रहँदै आएका कामानन्द माझीका एकमात्र छोरा गणेशको असमय अल्पायमै भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भनी प्रार्थाना सहित दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।”
पत्रकार माझीकी पत्नी उषा देवी तथा एकमात्र १२ वर्षिया छोरी सरस्वती रहेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ