News Category 2075/03/07
लागूऔषधबिरुद्ध जानकारी एवं परामर्शका लागि सीमावर्ती क्षेत्रमा हेल्प डेस्क
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
लागूऔषधबिरुद्धको दिवसको अवसर पारेर बुधबार लागूऔषधबिरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले सप्तरीको सिमा क्षेत्र तिलाठी कोइलाडी गाउँपालिकामा हेल्प डेस्क राखिएको छ ।
सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्त रुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रिबन काटेर उद्घाटन गरे । सप्ताहव्यापी अभियानका क्रममा सो हेल्प डेस्क तिलाठी कोइलाडी गाउ्रँपालिका १ तिलाठीस्थित कुनौली सीमामा राखिएको छ ।
उद्घाटन अवसरमा प्रजिअ पौडेलले भारतसँगको खुल्ला सीमाका कारण सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरु बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यस्तै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताउँदै भारतसँगको ७८ किलोमिटर खुल्ला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न जिल्लामा समस्या भइरहेको जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागूऔषधबिरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका रघुनन्दन यादव, देवनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
आगामी जुन २६ तारिखका दिन लागूऔषधबिरुद्धको दिवस मनाइँदैछ । सप्तरीमा एक हप्ते बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवसका दिन कार्यक्रम आयोजना गरी समापन गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ