News Category 2075/03/08
संघीय प्रहरी कार्यालय “विपद् व्यवस्थापन कार्यदल” को कार्यालयमा परिणत हुँदै
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालय अब बिरगन्जमा सार्ने प्रस्ताव गरिएको छ । संघीय प्रहरी इकाई कार्यालयलाई बिरगन्जमा सार्ने प्रस्ताव गरिएसँगै अब यस कार्यालय भवनलाई प्रदेश २ को “विपद व्यवस्थापन कार्यदल” को मुख्य कार्यालयको रुपमा रहने गरि प्रस्ताव अघि सारिएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले प्रस्तावित यस कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त प्रहरीहरु रहने जानकारी दिएका छन् । ती प्रहरीले बाढी, पहिरो, आगलागि लगायतका विभिन्न विपद् आएको बेला प्रदेश २ प्रहरीको मातहतमा रहने गरि विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।
प्रदेश २ प्रहरीको मातहतमै प्रहरी निरिक्षकको नेतृत्वमा कम्तिमा १ सय २५ जना विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त प्रहरी रहने प्रस्ताव अघि सारिएको उनले जानकारी दिए । राजविराजमा प्रस्तावित विपद व्यवस्थापन कार्यदल प्रदेश २ को मुख्यालयको रुपमा स्थापना गरिने समेत डिआइजी अमात्यले बताए ।
मुलुक संघीय संरचनामा जानु अघि यस कार्यालय ६ जिल्लाको हेडक्वाटर हुने गरेको थियो । सगरमाथा अंचल प्रहरी कार्यालयको नामबाट संचालित यस कार्यालयले सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु प्रहरी कार्यालयलाई हेर्न ग¥थ्यो । मुलुक संघीयतामा गएसँगै कार्यालयको नाम संघीय प्रहरी इकाई कार्यालय राखिएको हो ।
बि.सं. २०६१ साल अघि तत्कालिन अंचल प्रहरी कार्यालयबाटै यातायात कार्यालयको सहकार्यमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको थियो । यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था २०६१ सालपछि यातायात कार्यालय लहानको मातहातलाई दिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ