News Category 2075/03/08
एडिएसएलका लागि १ सय २८ नयाँ पोर्ट जडान हुँदै
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
नेपाल टेलिकमले सप्तरी जिल्लामा प्रदान गर्दै आएको इन्टरनेटतर्फ एडिएसएल र मोबाइलतर्फ प्रिपेडप्रति ग्राहकको आकर्षण बढ्दो छ ।
आ.ब.२०७४÷०७५ अन्तरगत चैत मसान्तसम्ममा जिल्लामा झण्डै ७५ हजार प्रिपेड मोबाइल, ६ हजार ७ सय ३२ ल्याण्डलाइन्, १ हजार ६ सय ३६ जनाले एडिएसएल सेवा लिएको दुरसंचार कार्यालय राजविराजले जानकारी दिएको छ ।
दुरसंचार कार्यालय राजविराजका सहायक लेखा अधिकृत दुर्गानन्द चौधरीले सो जानकारी दिँदै कार्यालयको काउन्टरबाट ५० हजार ७ सय प्रिपेड मोबाइलको सिमकार्ड बितरण भएको तथा बाँकी अन्य डिलरहरुले वितरण भएको बताए ।
यस्तै टेलिकमले प्रदान गर्दै आइरहेको सुविधा मध्ये सबैभन्दा भरपर्दो ल्याण्डलाईन र नेट सुविधामा एडिएसएल हो । यी सुविधाहरुका लागि ग्राहकहरुको माँग बढ्दो छ । हाल सप्तरी सदरमुकाम राजविराजमा टेलिकमले नयाँ एडिएसएल सेवा जडान् गर्ने कार्य बन्द गरेको छ । ८ सय ९६ एडिएसल पोर्ट संख्या मात्र रहेकोले र सो सम्पूर्ण पोर्ट सकिएकोले नयाँ सेवा दिन असमर्थ रहेको बताएको छ ।
राजविराजमा एडिएसल नेट सुविधाको माँग बढेपछि अहिले राजविराज शाखाले एडिएसलको पोर्ट संख्यालाई बढाउने कार्य गरिरहेको छ । यसरी राजविराजमा थप १ सय २८ एडिएसएल पोर्ट बढाउने कार्य अन्तिम चरणमा रहेको छ । जसबाट अब राजविराजमा थप १ सय २८ एडिएसलका ग्राहक बढ्ने छ ।
सहायक लेखा अधिकृत चौधरीले पोष्टपेड मोबाइलको उपयोग झण्डै एक हजारको हाराहारीमा रहेको जनाए । चाडै नै टेलिकमले सप्तरी जिल्लाभरी अप्टिकल फाइबर बिछ्याउने कार्य सुरु गर्ने उनले बताए । आ.ब. २०७४÷७५ मा टेलिकमले ग्राहकहरुको गुनासोलाई ध्यानमा राखि सुविधाहरुमा केही सुधार गरेको उनको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ