News Category 2075/03/08
६ महिनाको अवधीमा २१ बलात्कारका घटना
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ६ महिनाको अवधीमा २१ वटा बलात्कारको घटनामा दुई, तीन वर्षीया समेत गरी २२ बालिका पीडित भएको जनाएको छ ।
इन्सेक सप्तरीले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को अद्र्धवार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रमका क्रममा सो तथ्याङ्क प्रस्तुत गरेको हो ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले २०७४ पुष १७ गतेदेखि ०७५ असार ७ गतेसम्म ६ महिनाको अवधीमा घटनाका आरोपितमा १२ र १३ वर्षका समेत गरी पाँच बालकदेखि ६५ वर्षीय बृद्धसमेत २८ जना रहेको बताए । तीमध्ये ११ जना थुनामा र चार जनालाई वारेण्ट जारी भएको र एक बालकसहित तीन जना गिरफ्तारीमा परेका तथा ६ जना फरार रहेको जानकारी दिए ।
त्यस्तै एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुना रहेको, एक महिलाको लाश फेला परेपनि आरोपित फेला नपरेको, आफ्नै परिवारका सदस्यद्वारा दुई पुरुषको हत्या भएको र सोही हत्याका आरोपित एक जना थुनामा रहेको अर्का घटनाका दुई आरोपित गिरफ्तार भएको जनाइएको छ ।
त्यस्तै महिला बलात्कारको तीन घटनामा १९, २५ र ३५ वर्षीया तीन जना र यौन दुव्र्यवहारका तीन घटनामा १९, २० र २७ वर्षीया तीन जना महिला पीडित भएको जनाइएको छ । बलात्कार आरोपित १७, ३०, ३५ र ४३ वर्षीय चार जना थुनामा रहेको तथा यौन दुव्र्यवहारका ३ घटनाका पाँच आरोपितमध्ये एक धरौटीमा र चार जना फरार रहेका जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ