News Category 2075/03/12
पूर्वमेयर र मेयरका प्रत्याशीहरु नगरपालिकाको बिरोधमा उत्रिए
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराज नगरपालिका मेयर विरुद्ध पुर्व मेयर तथा स्थानीय तहको निर्वाचनमा विभिन्न दलवाट मेयर पदका प्रत्यासी रहेकाहरु संयुक्त रुपमा विरोधमा उत्रिएका छन् ।
स्थानीय सरकार संचालन ऐनको वेवास्ता, मनपरी ढंगवाट कर निर्धारण तथा फोहोर मैला ब्यवस्थापनमा ध्यान नदिएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् ।
पुर्वमेयर गोविन्द सिंह, अनिस अन्सारी तथा गत स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका कांग्रेसतर्फका उम्मेदवार रहेका ध्रुव देव, एमालेका उम्मेदवार सुखराम यादव, संघिय समाजवादी फोरमका उम्मेदवार भिमराज यादव तथा नयाँ शक्ति र नेकपा संयुक्तका साझा उम्मेदवार रहेकी मिना ठाकुर लगायतको उपस्थितीमा भएको छलफल पश्चात् उक्त निर्णय गर्दै ४ वुँदे निर्णय र विरोधका कार्यक्रम तय गरिएको हो ।
वैठक पश्चात् मेयर पदका उम्मेदवार सुखराम यादवले स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र वजेट विवराण कार्यपालिकावाट स्विकृत गराई १० असार भित्रै सभामा पेश गरिसक्नु पर्ने स्पष्ट कानुनी ब्यवस्था रहेपनि मेयर शम्भुप्रसाद यादवले सो ब्यवस्थालाई वेवास्ता गर्दै हालसम्म कुनै प्रकृया अघि नवढाएको वताए ।
यस्तै अर्का मेयर पदका उम्मेदवार भिमराज यादवले १३ असार वुधवारका दिन स्थानीय हटिया वजारको प्रांगणमा वृहत भण्डाफोर र खवरदारी सभाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
वैठकमा सहभागि पुर्व मेयर अनिस अन्सारीले नगरपालिकाले यस आर्थिक वर्षमा विनियोजन गरेको वजेट र परिषदले गरेको निर्णयको अध्ययन गरीएको जानकारी दिदै हाल विकास निर्माणका काममा भईरहेको आर्थिक अनियमितता रोक्न प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय समेत भएको वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ