News Category 2075/03/14
प्रदेश २ सरकारले स्थानिय तहका पदाधिकारी तथा सदस्यको तलब तोक्यो
दैनिक समाचारदाता
जनकपुर, १३ असार ।
— जिसस प्रमुखको ४४ हजार
— महानगरपालिका प्रमुखको ४३ हजार ५ सय
— उपमहानगरपालिका प्रमुखको ४१ हजार
— नगरपालिका प्रमुखको ३५ हजार
— गापा अध्यक्षको ३१ हजार ५ सय
प्रदेश २ को सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे बनेको विधेयक प्रदेशसभाको बैठकले पारित गरेको छ ।
बुधबार बसेको प्रदेशसभाको बैठकले प्रदेश नं २ को स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो ।
स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुको तलब तथा अन्य सुविधाहरु प्रदेश २ को सरकारले तोकेको छ ।
प्रदेश २ सरकारले महानगरपालिकाका प्रमुखको ४३ हजार ५ सय, उपप्रमुखको ४१ हजार ५ सय, वडा अध्यक्षको २८ हजार, कार्यपालिका सदस्यको २८ हजार र सभा सदस्यको ७ हजार तलब प्रति महिना तोकेको छ । यस्तै संचार सुविधा भने प्रमुख र उपप्रमुखको २ हजार प्रति महिना तोकेको छ । दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा पाँचै पदाधिकारीको २ हजारको दरले तथा विदेश भ्रमण गर्दाको दैनिक भत्ता प्रमुखको २ सय, उपप्रमुखको १ सय ७५, वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा सभा सदस्यको १ सय ५० को दरले अमेरिकी डलर प्रति दिन तोकेको छ भने यात्रा बिमा प्रति भ्रमण रु. १० लाखको दरले तोकिएको छ ।
त्यसैगरि प्रदेश सरकारले जिल्ला समन्वय समितिको प्रमुखको ४४ हजार, उपप्रमुखको ४२ हजार र जिल्ला समन्वय समितिका सदस्यहरुको १० हजार प्रति महिना तोकेको छ । त्यस्तै संचार सुविधा प्रमुख २ हजार, उपप्रमुख १ हजार ५ सय, सदस्यको एक हजारको दरले प्रति महिना तोकेको छ । त्यस्तै दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा तीनै पदाधिकारीका लागि २ हजारको दरले तोकिएको छ । यसैगरि विदेश भ्रमणका क्रममा दैनिक भत्ता प्रमुख २ सय, उपप्रमुख १ सय ७५ र सदस्य १ सय ५० अमेरिकी डलर तोकिएको छ भने यात्रा बिमा प्रति भ्रमण १० लाखको दरले तोकिएको छ ।
यसैगरि नगरपालिका प्रमुखको ३५ हजार, उपप्रमुखको ३१ हजार, वडा अध्यक्षको २२ हजार र सभाका सदस्यको ७ हजार प्रति महिना तलब तोकिएको छ । त्यस्तै संचार सु्विधा भने प्रति महिना १ हजार ५ सयको दरले प्रमुख र उपप्रमुखका लागि मात्र तोकिएको छ । त्यस्तै १ हजार ६ सयका दरले दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा चारै पदाधिकारीहरुका लागि तोकिएको छ । त्यस्तै विदेश भ्रमण दैनिक भत्ता चारै पदाधिकारीका लागि १ सय ५० अमेरिकी डलर तोकिएको छ भने यात्रा बिमा १० लाख तोकिएको छ ।
यस्तै उपमहानगरपालिका प्रमुखको ४१ हजार, उपप्रमुखको ३५ हजार, वडा अध्यक्षको र कार्यपालिका सदस्यका लागि २५ हजार तथा सभा सदस्यका लागि ७ हजार मासिक तलब तोकेको छ भने प्रमुख र उपप्रमुखलाई संचार सुविधा वापत प्रति महिना २ हजार उपलब्ध गराइने छ । त्यस्तै जिल्ला बाहिर जाँदा दैनिक भ्रमण भत्ता २ हजारको दरले पाँचै पदाधिकारीका लागि तोकिएको छ । विदेश भ्रमण भत्ता प्रमुख र उपप्रमुख १ सय ७५, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यका लागि १ सय ५० प्रति दिन अमेरिकी डलर तोकिएको छ भने सबै पदाधिकारीका लागि १० लाख यात्रा बिमा तोकिएको छ ।
यता गाउँपालिका अध्यक्षका लागि ३१ हजार ५ सय, उपाध्यक्षका लागि २७ हजार ५ सय, वडा अध्यक्ष र कार्यपालिका सदस्यका लागि २० हजार तथा सभा सदस्यका लागि ७ हजार मासिक तलब तोकिएको छ भने अध्यक्ष र उपाध्यक्षको संचार सुविधा १ हजार मासिक तोकिएको छ । दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा पाँचै पदाधिकारीहरुका लागि १ हजार ६ सयका दरले तोकिएको छ । त्यस्तै विदेश भ्रमण गर्दाको दैनिक भत्ता १ सय ५० अमेरिकी डलर सबै पदाधिकारीहरुलाई तोकिएको छ भने यात्रा बिमा १० लाखका दरले प्रत्येकलाई तोकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ