News Category 2075/03/14
नगरपालिका प्रमुखसहित पदाधिकारीहरुले आर्थिक अनियमितता गरिरहेको आरोप
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
राजविराज नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरुले गरिरहेको मनपरि तथा आर्थिक अनियमितताको विरोधमा बुधबार खबरदारी तथा जनजागृति सभाको आयोजना गरिएको छ ।
राजविराजका पूर्व मेयर तथा गत निर्वाचनमा मेयर पदका प्रत्याशी रहेकाहरुले संयुक्त रुपमा हटिया बजारमा सो सभाको आयोजना गरेका हुन् ।
आयोजित सभालाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले नगरपालिका भित्र भईरहेको मनपरी र आर्थिक अनियमितता तथा मनपरि नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले राजविराज नगरपालिकाले विभिन्न विकासीय कार्यहरु गर्दा विना टेण्डर, कोटेशनको भरमा संचालन गरेको, सार्वजनिक सूचना जारी समेत नगरेको आरोप लगाएका छन् ।
सोही सभामा वक्ताहरुले भौतिक संरचना निर्माण गर्दा योजना स्टिमेट बोर्ड समेत नराखि जनतालाई सूचनाको हकबाट बञ्चित गराएको भन्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायतको दर्तामा चर्को शुल्क लिएर गरिबलाई आर्थिक भारमा पार्दै गएको आरोप लगाइएको छ ।
अस्पताल, खानेपानी, फोहोर ब्यस्थापनमा नगरपालिकाले ध्यान नदिएको आरोप लगाउँदै वक्ताहरुले सूचना केन्द्रको व्यवस्थापन लगायतका कामहरु सही तरिकाबाट नभएर गैरकानूनी र मनपरी तरीकाबाट भईरहेको आरोप लगाएका छन् ।
सो सभामा पूर्व मेयर अनिस अंसारी, मेयरका प्रत्यासीहरु सुखराम यादव, भिमराज यादव, मिना ठाकुर, धु्रव देव लगायतका वक्ताहरुले नगरपालिकाले गरिरहेको विकासीय लगायतका अन्य कार्यहरुप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ