News Category 2075/03/18
आँखा उपचार केन्द्रमा जिल्लासहित भारतीय बिरामीको घुँइचो, विरामीको चाप बढ्दै जाँदा जनशक्तीको अभाव
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा संचालित राजविराज ९ स्थित मलेठको राजविराज आँखा उपचार केन्द्रले आँखाको जटिल रोगको उपचार र शल्यक्रिया सेवा समेत प्रदान गर्न थालेको छ ।
यता सेवा विस्तारसँगै आँखा विरामीको चाप बढेकाले जनशक्तीको अभाव महशुस गर्न थालिएको केन्द्रका प्रमुख डा. रामकुमार झाले बताए । पहिला दिनमा ९÷१० विरामी आँउथे तर, अहिले सेवा विस्तारसँगै दैनिक १ सयदेखी २ सयसम्म बिरामी आउन थालेको उनको भनाई छ । यस अस्पतालमा भारतीय सीमा क्षेत्रका दरभंगा, विरपुर, मधुवनी र पटनासम्मका बिरामीहरु आउन गरेका छन् ।
केही समयअघिसम्म आँखाको जाँच, औषधि र चश्मासम्मको सेवा मात्र प्रदान गर्दै आएको यस आँखा उपचार केन्द्रले अहिले आएर ती जटिल रोगको उपचार र शल्यक्रिया गर्न थालेपछि जिल्ला तथा भारतको बिरामीहरुको समेतका बिरामीहरु उपचारका लागि आउन थालेका छन् ।
भारतमा आँखा उपचार सेवा महंगो हुने, सेवा लिन झन्झटिलो र गुणस्तरीय न हुँदा नेपाल–भारत सीमा क्षेत्रमा बसोवास गर्ने अधिकाशं नागरिक आँखा उपचारका लागि नेपालमा खोलिएका आँखा अस्पतालमा आउने गरेको डा. झाको भनाई छ ।
केन्द्रको तथ्याङ्क अनुसार सन् २०१८ को ६ महिनाको अवधिमा २७ हजार २ सय ३ जन विरामीको उपचार गरिएको छ । जसमध्ये ७ हजार २ सय ५५ भातरीय नागरिक छन् । यसै अवधि ६ सय २ जना विरामीको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । जसमध्ये १ सय ६४ जना भारतीय नागरिक छन् ।
नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत संचालित राजविराज आँखा उपचार केन्द्र २० शैय्याको छ । यसरी विरामीको चाप बढ्दै जाँदा प्रविधि जनशक्ती, उपकरण र शैय्या थप्नु पर्ने डा. झाको भनाई छ ।
केन्द्रको तथ्याङ्क अनुसार यहाबाट सन् २०१५ मा २२ हजार ७०, सन् २०१६ मा २५ हजार ६ सय ६७, सन् २०१७ मा २६ हजार ४ सय ३६ र सन् २०१८ को हालसम्म १५ हजार १ सय ३८ जना उपचार सेवा प्राप्त गरेका छन् । आफ्नै गाम ठाममा यति राम्रो उपचार सेवा हुनु र विरामीको चाप बढ्दै गएपछि अभाव महशुस गरिएका जनशक्ती, उपकरण, शैय्या र विपदका लागि पावरयुक्त ट्रान्सफर्मर लगायतका साधनको व्यवस्थापन गर्न सरकारको ध्यान जानु जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ