News Category 2075/03/21
विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्कप्रति आफै अन्यौलमा शिक्षा समन्वय इकाई, नयाँ शैक्षिक सत्रमा मात्र ६ सय ८४ नयाँ विद्यार्थी भर्ना
दैनिक समाचारदाता
राजविराज, २० असार ।
जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले नयाँ विद्यार्थी भर्ना अभियान अन्तरगत कति विद्यार्थी नयाँ शैक्षिक सत्रमा भर्ना भए भन्ने तथ्याङ्क सार्वजनिक गर्न आफै अन्यौलमा परेको छ ।
शिक्षा समन्वय इकाइले विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोश्रो चरणको कार्य योजना बारे जानकारी दिने उद्देयले बुधबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि आफैले गत चैत २९ गते सार्वजनिक गरेको तथ्याङ्कलाई अन्यौलतमा राखि पुनः नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।
शिक्षा समन्वय इकाईका तत्कालिन प्रमुख डोलराज पाण्डेले सप्तरीमा ५ वर्षदेखी १२ वर्षमूनीका १३ हजार ४ सय ३४ बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिएका थिए । तर, बुधबार आयोजित कार्यक्रममा हालका प्रमुख शंकर लुइटेलले पहिलो चरणको भर्ना अभियानमा जिल्लामा १८ हजार ४ सय ५२ नयाँ विद्यार्थीहरु विद्यालय भर्ना भएको जानकारी दिएका छन् ।
कार्यक्रममा जानकारी दिँदै अध्यक्ष लुइटेलले सामुदायिक विद्यालयतर्फ कक्षा १ मा १२ हजार ४ सय ९४ र निजि विद्यालयतर्फ ४ हजार ३८ नयाँ विद्यार्थी भर्ना भएको बताए । त्यस्तै सामुदायिक विद्यालय तर्फ कक्षा २ मा २ सय ५०, ३ मा ४ सय २१, ४ मा ३ सय ९५, ५ मा ३ सय ९७, ६ मा २ सय ८१, ७ मा ९२ र ८ मा ८४ जना विद्यार्थी भर्ना भएको तथा कक्षा ९ र १० मा कुनै नयाँ भर्ना भएको उनले जानकारी दिए ।
यस्तै समन्वय समितिका उपप्रमुख रामदेव चौधरीले शैक्षिक सत्र २०७४ मा जिल्लाभरीको बालविकास कक्षामा ११ हजार ८ सय १० विद्यार्थी भर्ना भएको र २०७५ सालको शैक्षिक सत्रमा १२ हजार ४ सय ९४ जना विद्यार्थी कक्षा १ मा भर्ना भएको बताए । यसरी हेर्दा गत शैक्षिक वर्षको र नयाँ शैक्षिक सत्रमा मात्र ६ सय ८४ नयाँ विद्यार्थी भर्ना भएको देखिन्छ ।
यसरी सरकारले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई भर्ना अभियान मार्फत निकै तामझामका साथ अभियान सुरु त ग¥यो तर, यसको सन्तोषजनक प्रतिफल निकाल्न असफल भएको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेल समेतले राजविराज नगरपालिका वडा नं. ९ मलेठको गढियास्थित विद्यालयबाट भर्ना असभयानको सुरुवात गरेका थिए । उनले सोही स्थानका डोम समुदायका बालिकाको अभिभावक बनेर विद्यालय भर्ना गराएका थिए । त्यसपश्चात् जिल्लाका सम्पूर्ण स्थानिय तहका जनप्रतिनिहरुले मुसहर, डोम समुदायका बालबालिकाको अभिभावक बनेर विद्यालय भर्ना गराएका थिए ।
सोही कार्यक्रममा विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोश्रो चरणका लागि भदौं ३१ गतेसम्म जिल्लाका सम्पूर्ण स्थानिय तह अन्तरगत वडाहरुमा ५ वर्षदेखी १२ वर्ष समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई भर्ना गराई सप्तरी जिल्लालाई बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ