News Category 2075/03/22
ज्वाई र नातिनी समेतको हत्या भईसकेको दाबी
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी करिव ६५ वर्षिय रामकुमार साहले गर्भवती छोरीको हत्या तथा ज्वाई र नातिनीलाई परिवारकै सदस्यहरुको मिलोमतोमा वेपत्ता वनाई हत्या गरेको दावी गरेका छन् ।
पीडित साहले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरि ज्वाई र नातिनीको हत्या गरिएको भन्दै पाँच वर्षअघि राजविराज नगरपालिका १५ निवासी सुर्यनारायण साहसँग विवाह भएको २५ वर्षिया छोरी बेचनी साह २०७५ जेठ २८ गते सुसुराली घरमै शौचालयको सेफ्टी ट्यांकीभित्र मृत अवस्थामा फेला परेकी थिइन् । वेचनी हराई रहेको ३ दिनपछि सेफ्टी ट्यांकीवाट नराम्ररी दुर्गन्ध फैलिएपछि शंका लागेर ढक्कन हटाउँदा वेचनीको मृत शरीर फेला परेको थियो ।
यता शवको अवस्था हेर्दा हराएकै दिन वेचनीको हत्या भएको खुल्न आएको प्रहरीको भनाई छ । वेचनी हराएकै दिनदेखि पति सुर्यनारायण साह र ४ वर्षिया छोरी प्रतिभा पनि वेपत्ता छन् । उनको अवस्था अझै अज्ञात छ ।
रामुकमार साहले भने वेपत्ता भनिएका ज्वाई सुर्यनारायण र नातिनी प्रतिभाको पनि परिवारजन मिलेर हत्या गरिसकेको दावी गर्दै सोको सुक्ष्म अनुसन्धान हुनु पर्ने माग गरेका छन् । उनले ज्वाई सुर्यनारायणको आप्mनो सहोदर भाई पंचदेव, भतिजा सन्तोष र आमा सोमादेवीसँग अंशको विषयलाई लिएर पटक पटक विवाद हुने गरेको वताए । अंश नै नदिने नियतले परिवारजनवाटै विभिन्न खाले असहयोग गर्दा ज्वाई र छोरीको हालसम्म नागरिक्ता समेत वन्न नसकेको उनले खुलासा गरे ।
छोरीको हत्या र ज्वाई÷नातिनी वेपत्ता भएको २ दिन अघि मात्र अंश वाँडफाँड विवाद र नागरिक्ता वनाउने विषयमा गाउँमै पञ्चायती वसेको थियो । पञ्चायतिमा ५ दिनभित्र सुर्यनारायण र वेचनीको नागरिक्ता वनाउने र त्यसपछि आमा दाजु र भाई विच दामासाहीले अंशवण्डा गर्ने सहमति वनेको थियो ।
तर दुई दिन नवित्दै वेचनीको हत्या, ज्वाई सुर्यनारायण र नातिनी प्रतिभा वेपत्ता हुनुले अंश नै नदिने नियतले सो घटना भएको दावी गर्दै रामकुमार साहले भने घटनाको सुक्ष्म अनुसन्धान गरिए दुधका दुध र पानी आफै छुट्टिन्छ । उनले घटनाको यति दिन वितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन खासै चासो नदेखाएको भन्दै न्यायका लागि पहल गरिदिन अधिकारवादी र संचारकर्मीहरसँग आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ