News Category 2075/03/23
कल्भर्ट निर्माण कार्य गुणस्तरहीन भएको भन्दै पुनः निर्माण गर्न निर्देशन
दैनिक समाचारदाता
राजविराज, २२, असार ।
राजविराज वडा नं. १ शिवथानमा गुणस्तरहिन तरिकाले कल्भर्ट निर्माण भइरहेको आरोप लगाइएको छ ।
स्थानिय उपभोक्ता समिति मार्फत १६ लाखको लागतमा निर्माण भइरहेको उक्त कल्भर्टमा सिमेन्टको तुलनामा बढी बालुवा र पुरानो इट्टाको प्रयोग भएको स्थानिय परशुराम यादवले आरोप लगाएका छन् ।
गत वर्ष ढलान भएको सो क्षेत्रको बाटोमा पर्ने उक्त कल्भर्टको लागि दुबै पट्टी पर्खाल उठाउने स्थानमा बिहीबार राती गुणस्तरहिन ढलान गरिएको आरोप लगाइएको हो ।
“बिहीबार राती ९ बजेदेखी १ बजेसम्म कल्भर्ट निर्माणको काम ग¥यो, जसमा पुरानै इटाको प्रयोग समेत गरेका छन् ।” उनले भने, “दिउँसो गर्नु पर्ने काम नगरेर राती कीन गर्नु प¥यो, यसमा शंका छ ।”
तीन वर्ष अगाडी निर्माण गरिएको उक्त कल्भर्ट गत वर्ष आएको बाढीले भत्काएपछि अहिले स्थायिन रामअवतार यादवको संयोजकत्वमा गठित उपभोक्ता समिति मार्फत निर्माण भइरहेको छ ।
यता उपभोक्त समिति यादव रामअवतार यादवले सम्पन्न काम गुणस्तर रहेको दाबी गरेका छन् । यसैबीच शुक्रबार साँझ राजविराज नगरपालिका उपप्रमुख साधना झा, प्राविधिक केवल दास लगायतको टोलीले निर्माण भइरहेको कल्भर्टको स्थलगत निरिक्षण समेत गरेका छन् ।
निरिक्षणकै क्रममा प्राविधिक दासले निर्माण भइरहेको काम गुणस्तरहीन भएको प्रतिक्रिया दिए भने उपप्रमुख झाले निर्माण भइरहेको स्थलमा स्टिमेट बोर्ड राख्न निर्देशन समेत दिइन् । यस्तै गुणस्तरहिन कल्भर्ट निर्माणको कार्य पुनः सुरुदेखी नै गर्न निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ