News Category 2075/03/26
बाढीपीडित दश परिवारले पाए नयाँ घर
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीका बाढी पीडितहरुले नयाँ घर पाएका छन् । २०७४ साउन २८ गते आएको बाढीले घर बगाउँदा कष्टपुर्ण जीवन विताउँदै आएका जिल्लाको तिलाठी कोईलाडी १ र महादेवा गाउँपालिका ५ का दस परिवारले सो नयाँ घर पाएपछि हर्षित भएका छन् ।
बाढीले फुसको संरचना भएका घर बगाएपछि अहिले सोको सट्टा टिनको छाना भएको पक्कीे नयाँ घरसँगै एउटा शौचालय समेत उनीहरुले पाएका छन ।
बाढीपिडितको विजोग हेरेर महादेवा गाँउपालिका निवासी समाजसेवी कृत शर्माले व्यक्तिगत र अमेरिकामा वसोवास गरेका नेपाली इस्टमित्रको सहयोग जुटाएर “हाम्रो समाज नेपाल” नामक संस्था मार्फत २०७४ कार्तिक २ देखी बाढीपीडित विस्थापित विपन्न परिवारका लागी नयाँ घर बनाउने काम सुरु गरेको थियो ।
करिब २० लाख २६ हजार ५ सय रुपैया खर्चेर टिनको छाना भएको पक्की घर, निर्माण कार्य सम्पन्न भएपछि सोमवार एक कार्यक्रमबीच बाढीपीडित परिवारलाई हस्तान्तरणन गरिएको हो ।
नयाँ घर पाउनेहरुमा तिलाठी कोइलाडी गाउँपालिका १ का त्रिलोकनाथ मिश्र, हेमनारायण मिश्र, संतोष झा र रविेन्द्रनाथ मिश्र । त्यस्तै महादेवा गाउँपालिका ५ का विन्देश्वर खंग, चन्देश्वर खंग, पलट खंग, रवी साह, जागेश्वर खंग र रमा खंगले पनि नयाँ घर पाएका छन् ।
उनीहरुलाई समाजसेवी एवं प्रमुख दाता शर्मा, हाम्रो समाज नेपालका अध्यक्ष रामनारायण शर्मा, वडा अध्यक्ष दिनेश्वर मिश्र, संस्थाका संचालक सदस्य वैधनाथ यादव, प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झा लगायतले नयाँ घरको साँचो तथा संस्थाको प्रमाण पत्र हस्तान्तरण गरे ।
सोही अवसरमा भवन निर्माणको अगुवाई गर्ने शर्माले बाढीपीडित परिवारलाई नयाँघर संगै नगद ५÷५ हजार सहयोग तथा २÷२ थान झुल समेत वितरण गरेका थिए । यस्तै भवन निर्माण कार्यक्रममा संस्थाको तर्फबाट खटेर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेका किशोर कुमार मिश्रलाई कदर पत्र र नगदबाट सम्मानित गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ