News Category 2075/03/29
प्रथम मेयर कप सप्तरी प्रिमियर लिग सुरु उपप्रमुखले गरिन् प्रमुखलाई बोल्ड !
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीमा पहिलो पटक अक्सन प्रकृयाबाट खेलाडीहरु छनौट गरि पहिलो मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको सहयोगम संचालित उक्त प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ गरि उद्घाटन गरे । सो क्रममा उपप्रमुख झाले प्रमुख यादवलाई क्लिन बोल्ड गरेपछि त्यहाँ उपस्थित सम्पूर्ण दर्शक तथा अतिथिहरु एक क्षण रोमान्चित भएका थिए ।
तीन टिम सम्मिलित प्रतियोगिता स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको हो । प्रतयोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिंग गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन मात्र बनाउन सफल भएको थियो । जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडी ४ रनले खेल गुमाउन पुग्यो ।
बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए । यता खेलको अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक आवश्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दास बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए । अन्तिम २ बलमा ६ रन आवश्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा हार व्यहोर्नु प¥यो ।
तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २र२ विकेट लिए। दोश्रो इनिंगमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए ।
खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए । उनलाई राजबिराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा १ हजार ५ सय प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तरगत शुक्रबारको खेल सद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्सबीच हुनेछ । प्रतियोगितामा तीन टिमको सहभागीता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ