News Category 2075/03/29
सवारी दुर्घटनामा तीनको मृत्यु, तीन घाइते
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ८ विष्णुपुर चौकमा बुधबार राती एक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । त्यस्तै सिरहामा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा७०प ८०९२ नम्बरको मोटरसाइकललाई सोही दिसाबाट आउँदै गरेको ना५ख ४८१७ नं. को यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक जिल्लाको शम्भुनाथ नगरपालिका २ बस्ने ३५ वर्षिय रुपेश चौधरी र पछाडी सवार सोही स्थान निवासी २० वर्षिय रोशन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका रुपेशको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पताल मृत्यु भएको हो भने रोशन चौधरीको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिएका छन् ।
यता ठक्कर दिने बस तथा झापा बुधबारे ८ निवासी ३४ वर्षिय चालक टिका प्रसाद धिमाललाई कडरबोना प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिका ११ छप्रारीस्थित सडकमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
छप्रारीस्थित सडकमा स.४ प ४३७५ र ज.७ प १४१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ स.४ प ४३७५ नम्बरको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुबै मोटरसाइकलमा सवार ४ जना घाइते भएको र ति मध्ये गम्भीर घाईते चौधरीलाई उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाईते ३ जनाको स्थानिय क्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ