News Category 2075/04/01
बिष्णुपुर गाउँपालिकाको बजेट १९ करोड ३८ लाख
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोश्रो गाउँसभाले आगामी आर्थिक वर्ष २०७४÷०७६ का लागि १९ करोड ३८ लाख ५३ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक बर्ष ०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु. २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र आन्तरिक श्रोतबाट १ करोड १० लाख, राजश्व बाँडफाँडबाट १८ लाख र गत आ.ब. को मौज्दात ४९ लाख ६३ हजार गरि १९ करोड ३८ लाख ५३ हजारको आय व्यय बिनियोजन गरेको छ ।
यस्तै सोही सभाले आगामी आर्थिक बर्ष ०७५÷०७६ सशर्त अनुदान तर्फ शिक्षा, शिक्षा, महिला विकास, पशु विकास, कृषि विकासतर्फ ८ करोड ६५ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ ४ करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १२ लाख, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख ६० हजार र नगर विकास कोष ऋणतर्फ ५ करोड बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष निलाम्बर यादवले जानकारी दिएका छन् ।
आगामी बजेटले प्रत्येक वडामा सडक पुर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाईका लागि एकिकृत बजेट बनाएर खर्च गरिने अध्यक्ष यादवको लक्ष्य रहेको छ । गाउँसभा समापन कार्यक्रममा गाउँसभा सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ