News Category 2075/04/04
मलेठ घटना प्रतिवेदनको बिरोधमा राजपा सप्तरीद्वारा आन्दोलन घोषणा
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन सत्यतथ्य नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले सोको बिरोध गर्दै आन्दोलन घोषणा गरेको छ ।
राजपा नेपाल सप्तरीको बिहीबार राजविराज ९ स्थित मलेठमा सम्पन्न बैठकले प्रतिवेदनको बिरोध गर्दै सो प्रतिवेदन खारेजीको माँग गरेको पार्टीका सहमहासचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
बास्तविक घटनालाई ढाकछोप गर्दै तत्कालिन संयुक्त मधेशी मोर्चामाथी सम्पूर्ण दोष थुपारेर मानवअधिकार आयोग वर्तमान सरकारको पृष्ठपोषण गरेको आरोप लगाउँदै सहमहासचिव मण्डलले प्रतिवेदन खारेजी गरि घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माँग गरे । उनले आयोगको प्रतिवेदनप्रति पार्टी मात्र नभएर मधेशका सम्पूर्ण जनता समेत बिरोधमा रहेको बताए ।
यता सम्पन्न बैठकले साउन ४ गते शुक्रबार सहिद मलेठ चौकमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा धर्ना दिने, सोही दिन दिनको ३ बजे राजविराजस्थित जनआन्दोलन चौकमा सार्वजनिक प्रतिबेदन जलाउने र कोण सभा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
त्यस्तै साउन ५ गते शनिवार दिनको १ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपनी बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको बृहत भेला गरी थप बिरोधका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको छ ।
बैठकमा प्रदेश सभा सदस्य मनिष सुमन, जिल्ला संयोजक सुनिल झा, केन्द्रिय सदस्य दिनेश यादव, युवा नेता दिपेन्द्र चौधरी, विद्यार्थी नेता शम्भु यादव, जिल्ला सदस्य मनोज झा, वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
यसअघि असार ३२ गते सोमबार काठमाडौंमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा भनिएको छ, ‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने ने.क.पा. (एमाले), त्यसलाई जुन मूल्य चुकाएर भएपनि हुन नदिने वा बिथोल्ने कटिबद्ध भई त्यहाँ जाई लाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’
२०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले राजविराजभन्दा तीन किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय निकायको चुनाव केन्द्रित आम सभा गरेको थियो । उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच जना कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
मलेठ घटनाको छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २०७३ चैत ३१ गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरी छानविन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सीक विशेषज्ञ डा. हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृतद्वय मन्जु खतिवडा र जीवन न्यौपाने सदस्य रहेको उच्चस्तरीय छानविन समिति गठन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ