News Category 2075/04/07
मलको समस्या समाधान गर्न राजपाद्वारा प्रशासनलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले जिल्लामा हाल कृषिका लागि अभाव रहेको रसायनिक मलको समस्या समाधान गर्ने तर्फ जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
प्रदेश सभा सदस्य एवं पार्टीका महासचिव मनिष कुमार सुमनको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो ।
प्रदेश सभा सदस्य सुमनले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई हाल जिल्लामा ४ हजार मेट्रिक टन रसायनिक मलको अभाव रहेको बारे ध्यानाकर्षण गराउँदै सोको आपूर्ति गर्न सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरेको राजपाका केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
सो सम्बन्धमा प्रजिअ पौडेलले हाल जिल्लामा १ हजार मेट्रिक टन रसायनिक मल डिएपी र युरिया विभिन्न सहकारी संस्था तथा जिल्ला सहकारी संघमार्फत वितरण भइसकेको र थप ९ सय मेट्रिक टन आउने प्रक्रियामा रहेको सो टोलीलाई जानकारी दिए ।
उनले अपुग मल बारे संघ र प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गरि समस्याको समाधान गर्ने तर्फ पहल भइरहेको बताए ।
यस्तै प्रजिअ पौडेलले हाल स्थानिय बजारमा मलको कालो बजारी समेत भइरहेको गुनासो प्राप्त भएको अवस्थामा त्यसको प्रभावकारी ढंगले अनुगमन सुरु गरि दोषिहरुलाई कारवाही समेत गर्ने प्रतिबद्धता व्यक्त गरेको सहमहासचिव मण्डलले बताए ।
नेपालबाट मल भारततर्फ अबैध पैठारी भइरहेको र जिल्लामा समेत सरकारी दररेटमा खरीद गरि बढी मुल्यमा केही सहकारी संस्थाहरुले बिक्रि गरिरहेको सम्बन्धमा समेत बजार अनुगमनलाई प्रभावकारी ढंगले अगाडी बढाउने प्रजिअ पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगद्वारा असार ३२ गते सार्वजनिक गरिएको मलेठ घटनाको प्रतिवेदन सत्यतथ्य नरहेको भन्दै राजपा सप्तरीले त्यसको खारेजीको माँग गर्ने सम्बन्धमा संघीय सरकारलाई जानकारी गराइसकेको र आयोगलाई समेत जानकारी गराउने प्रजिअ पौडेलले बताएको पार्टीका सहमहासचिव मण्डलले जानकारी दिए ।
उक्त टोलीमा प्रदेश सभा सदस्य सुमन र सहमहासचिव मण्डलसहित पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, विशेश्वर रजक, नरेन्द्र यादव, जिल्ला संयोजक सुनिल कुमार झा, सदस्य जिवछ यादव, विद्यार्थी नेता शम्भु यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव लगायत वडाका अध्यक्ष अध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ