News Category 2075/04/08
प्रदेश २ सरकारद्वारा मलेठ घटनाको छानबिन गर्न मन्त्रीस्तरीय समिति गठन
दैनिक समाचारदाता
जनकपुर, ७ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको सप्तरीको मलेठ घटनाको प्रतिवेदन यथार्थ नभएको भन्दै विरोध भइरहेका बेला प्रदेश नं. २ सरकारले आफैं छानबिन गर्ने भएको छ ।
प्रदेश २ सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा तीन सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको छ ।
समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य छन् भने समितिको सदस्यसचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्णप्रसाद बराललाई राखिएको छ ।
समितिले १५ तिन भित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्री परिषदमा प्रतिवेदन पेश गर्ने प्रदेश सरकारले जनाएको छ ।
२०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियोर भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग गठन गरेको थियोर ।
यता आयोगले २०७४ जेठ २९ गते नै राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको थियो भने आयोगले २०७४ असार ३२ गते सो प्रतिवेदन सार्वजनिक गरेपछि व्यापक बिरोध भएको थियो ।
यसैबीच राजपा सप्तरीले प्रतिवेदन खारेजीको माँग गर्दै प्रथम चरणको आन्दोलन समेत गरेको छ भने प्रतिवेदन खारेजी नभए आन्दोलन झन चर्काउने चेतावनी समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ