News Category 2075/04/08
विवाह गर्ने बहानामा गाउँबाहिर लगी बालिकाको गर्भपतन
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीको कंचनरुप नगरपालिकाकी एक बालिकालाई गर्भवती बनाएर स्थानीय एक युवकले विवाह गर्ने बहानामा गाउँबाहिर लगी गर्भपतन गराएको घटना सार्वजनिक भएको छ ।
कंचनरुप नगरपालिका ९ रघुनाथपुरका २० बर्षीया संजय सरदारले १७ वर्षिया बालिकासँग प्रेमको नाटक गरी गर्भ बोकाएर तुहाइएको घट्ना सार्वजनिक भएको हो ।
पाँच महिनाको गर्भपतन गराएपछि ती बालिकाको रक्तश्राव शुरु भएपछि चार दिनदेखिको रक्तश्राव नरोकिँदा उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ ।
१७ बर्षीया ती बालिकासँग पटक–पटक यौन सम्बन्ध राख्दै आएका सरदारको सोही सम्बन्धबाट बालिका गर्भवती भएकी थिइन् । गत बिहीबार सरदारले विवाह गर्न काठमाडौं जान भनेपछि बालिका खुशी खुशी जान तयार भएपश्चात् काठमाडौं नगएर सप्तरीकै कल्याणपुरस्थित एक नीजि अस्पतालमा गर्भपतन गराएको बालिकाको भनाई छ ।
बालिकाले गर्भपतन गर्न नमान्दा संजयले बलजफ्ती गराएको बताउँदै सो अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि संजयलाई सघाएको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले बालिकालाई गर्भवती बनाएर गर्भ तुहाउने संजयबिरुद्व मुद्दा दर्ता गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ