News Category 2075/04/08
डा. केसीको जायज माँगहरु चाडै नै सम्बोधन गरिने ः राम कार्की
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
नेकपाका नेता राम कार्कीले अनसनरत डा. गोबिन्द केसीले उठाएका जायज माँगहरु चाडै नै सम्बोधन गरिने बताएका छन् ।
४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार राजविराजमा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कार्कीले सो कुरा बताएका हुन् ।
पुष्पलाल स्मृती प्रतिष्ठान सप्तरीको आयोजनामा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा नेता कार्कीले प्रतिपक्षि पार्टीले सरकारको टिकाटिप्पणी गर्दै धमिलो पानीमा माछा मार्ने काम गरिरहेको आरोप समेत लगाए ।
उनले केन्द्रिय स्तरमा पार्टी एकीकरण सम्पन्न भए पनि अबको सात दिन भित्र जिल्लामा समेत पार्टी एकीकरण सम्पन्न गरि पार्टीलाई अझ बलियो बनाउने उद्देश्यले स्थानिय तहमा पनि पार्टी एकीकरणको प्रक्रिया सम्पन्न गर्ने जानकारी दिए ।
सोही प्रशिक्षण कार्यक्रममा बोल्दै अर्का नेता गुरु बडालले नेपालको नयाँ संविधान निर्माण भइसकेको ऐतिहासिक क्षणमा नेपाल सरकार, प्रादेशिक सरकार र स्थानिय सरकारले स्थानिय स्तरमा जनताको सेवा गर्न लागिपरेको बताउँदै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्ने, लोकतन्त्रलाई सुदृढ गर्नेलगायतका विषयहरुलाई संस्थागत गर्ने अभिभारा आइपुगेको बताए ।
पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा सप्तरीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने उक्त प्रशिक्षणमा राम कार्की, गुरु बडाल र जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थिए ।
प्रतिष्ठानका सप्तरी अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य अशोक मण्डल, नेता उमेश यादव लगायत जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ