News Category 2075/04/09
शिक्षकहरु पार्टीको नेता बनेपछि शिक्षाको गुणस्तर खस्किदै ः शिक्षा मन्त्री पोखरेल
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षकहरु राजनीति छोडेर पढाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शिक्षकहरु आफूलाई राजनैतिक पार्टीको नेता ठानेर राजनीति गर्नतर्फ बढी ध्यान दिएपछि अहिले शिक्षाको गुणस्तर खस्किदै गएको उनको भनाई ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आयोजित स्थानिय सरकारको जनप्रतिनिधिका लागि शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो आरोप लगाएका हुन् ।
शिक्षक कुनै पार्टीसँग आवद्ध हुनुहुदैन, शिक्षकले जे पढाउँछ बालबालिकाले त्यही नै सिक्छ, त्यसैले शिक्षकहरुले राजनीति छोडेर बालबालिकाको भविष्य बनाउने तर्फ ध्यान दिनुपर्ने उनले बताए । मन्त्री पोखरेलले शिक्षकहरुलाई पार्टी एवं टे«ड युनियनको छाप हटाई शिक्षा सुधार नीतिमा लाग्न आग्रह समेत गरे ।
कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सिकाई स्तरलाई माथि उठाउनका लागि स्थानिय तहका विद्यालयहरुमा आ–आफ्नो मातृ भाषामै पढाई हुनुपर्नेमा जोड समेत दिए । बालबालिकाले सबैभन्दा पहिला मातृभाषा नै सिक्ने हुनाले विद्यालयमा पनि सोही मातृभाषाको सिकाई आवश्यक रहेको जिकिर गरे ।
एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीको बारेमा संचारमाध्यमहरुले अनावश्यक ढंगले प्रस्तुत गरेर भ्रम फैलाइरहेको आरोप लगाए । जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सामान्य बल प्रयोगमात्र भएको बताउँदै उनले हुदै नभएको कुरा सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टी जनाए ।
उनले केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा सरकारले थोरै परिमार्जन गरेको बताउँदै डा. केसीको सुझावलाई पनि सरकारले समेट्न तयार रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ