News Category 2075/04/11
वरिष्ठ पत्रकार स्व. खतिवडाप्रति श्रद्धाञ्जली अर्पण
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सवारी दुर्घटनामा निधन भएका सप्तरीका वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको प्रति नेपाल पत्रकार महासंघ सप्तरी शाखाले बिहीबार श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजविराजस्थित महासंघको भवनमा आयोजित सभामा जिल्लाका संचारकर्मीहरुले एक मिनेट मौन धारण गरि त्यहा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै स्व. खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि प्रसाद भट्टराई, गणेशलाल देव, पूर्व सभापति व्यासशंकर उपाध्याय, महासंघका अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्ष श्यामसुन्दर यादव, सहसचिव चन्दन यादव, पत्रकार नवीनकुमार गुप्ता, दिनशे शर्मा, प्रदेशसभा सदस्य ललिता साह, प्रियासिंह थारु लगायतले स्व. खतिवडाको तस्विरमा फुलमाला चढाई शोक पुस्तिकामा हस्ताक्षर गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्व. खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि १३ दिनसम्म महासंघको कार्यालयमा शोक पुस्तिका राखिएको महासंघका सचिव जितेन्द्र झाले जानकारी दिएका छन् ।
राजविराज ७ निवासी पत्रकार खतिवडाको बुधबार बिहान राजबिराज १५ स्थित राजबिराज हनुमाननगर सडक खण्डमा बस र माइक्रो एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मृत्यु भएको थियो ।
बिराटनगरबाट राजबिराज तर्फ आउँदै गरेको को १ ज २१४९ नं. को माईक्रो बस र बिपरीत दिशा बाट जाँदै गरेको ना ५ ख ६१० नं. को बस एक आपसमा ठोकिदा खतिवडासहित चार जना गम्भिर घाइते भएका थिए ।
यसैबीच स्व. खतिवडाको बिहीबार बिराटनगरस्थित सिंगिया नदीमा अन्त्येष्ठि गरिएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ