News Category 2075/04/13
प्रदेश स्तरिय खेलकुद समिति गठन गर्ने मन्त्री साहको चेतावनी
राजविराज÷प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता जारी राखे प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गरी अघि वढ्ने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा स्थानीय नटखट दैनिक पत्रिकाद्वारा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण सामारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकारले खेलकुदको विकासलाई प्राथमिक्तामा नराखेको गुनासो गर्दै यस्तो चेतावनी दिएका हुन् ।
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री साहले केन्द्र सरकारले सहयोगको हात नवढाए एक÷दुई साता भित्रै प्रदेश सरकारले छुट्टै प्रादेशिक र जिल्ला खेलकुद विकास समिति निर्माण गर्ने चेतावनी दिए ।
खेलकुद क्षेत्रको विकासका लागि केन्द्र सरकार लगानी गर्न उदासिन देखिएको भन्दै मन्त्री साहले यस्तै रवैया रहे प्रादेशिक र जिल्ला स्तरीय खेलकुद विकास समिति गठन गरी अघि वढ्ने जिकिर गरे ।
खेलकुद समेत गाभिएर वनेको सामाजिक विकास मन्त्रालयलाई केन्द्र सरकारले पर्याप्त वजेट उपलब्ध नगराउँदा चाहे जतिको विकास गर्न नसकिएको उनले बताए ।
एक अर्को प्रसङ्गमा मन्त्री साहले मधेशका कृषकहरु सिचाई र मलको अभावमा खेतीपाति गर्न निकै समस्या भोगिरहेको बेला यस सम्बन्धमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाए ।
कार्यक्रम संयोजक एवम् खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोजकुमार माझीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण ब्यवसायी संघका अध्यक्ष रामअशिष साह, वरिष्ठ पत्रकारद्वय अनिलकुमार अनल, शिवहरी भट्टराई, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, नटखट दैनिकका प्रकाशक सुखराम यादव, सम्पादक देवराम यादव लगायतले पनि आआफ्नो धारणा राखेका थिए ।
खेलकुद गतिविधिको प्रचार प्रसार तथा प्रतियोगिताको माध्यमले खेलाडी र खेलप्रेमीमा उत्साह वढाउने उद्देश्यले विश्वकप फुटवल प्रतियोगितालाई लक्षित गरी उक्त पत्रिकाले प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरे अनुसार विश्वकप फुटबल जित्ने राष्ट्रवारे सहि पुर्वानुमान गर्ने १० जनाको गोलाप्रथावाट छनौट गरी पुरस्कृत गरिएको थियो ।
जसमध्ये १ जनालाई चाँदीको फुटवल र ९ जनालई खेलकुद सामग्री र अन्य उपहार प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री साहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ