News Category 2075/04/15

आगलागीबाट दश लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा सोमबार बिहान आगलागी हुँदा करीब १० लाख बराबरको क्षति भएको छ । 
स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हँुदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । 
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र नगद जिन्सीसहित विभिन्न सरसामान जलेर नष्ट हुँदा करीब १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले बताए । 
आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज तथा लहानबाट गएका बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस