News Category 2075/04/16
सरकार बिरुद्ध प्रदर्शन गर्दै काँग्रेसद्वारा सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
नेपाली काँग्रेसले मुलुकभर मंगलबार सरकार बिरुद्ध प्रदर्शन गरेको छ । यसै क्रममा काँग्रेस सप्तरीले राजविराजमा सरकार बिरुद्ध प्रर्दशन र विरोध सभा सम्पन्न गरेको छ ।
मूल्यबृद्धि, कानुन विपरीत निषेधित क्षेत्र घोषणा, धरपकड र शान्तिपूर्ण प्रर्दशनमा दमन लगायतका सरकारी कदम बिरुद्ध प्रदर्शन र विरोध सभा गरिएको हो ।
प्रदर्शन र सभा मार्फत सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरि कृषकलाई आवश्यक राहत क्षतिपूर्ती प्रदान गर्न समेत माँग गरिएको छ ।
जिल्ला कार्य समिति सभापति दिनेश कुमार यादव र आन्दोलन जनपरिचालन समितिका संयोजक ध्रुब देवको नेतृत्वमा राजविराजस्थित जिल्ला पार्टी कार्यालयबाट जिल्ला कार्यसमितिका पदाधिकारी, भातृसंगठन, सबै १८ वटै स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संस्थाका प्रतिनिधिसहित निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार परिक्रमा गरेको थियो ।
बजार परिक्रमापछि गजेन्द्र चौकमा आयोजित बिरोध सभामा जिल्ला सभापति दिनेश कुमार यादव, प्रदेश सभा सदस्यद्वय मो. समिम, गिता यादवका साथ साथै ६ वटै क्षेत्रका सभापति लगायतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य जस्ता विषयमा संवेदनहिन बन्दै गएको तथा अत्याधिक कर तथा उपभोग्य बस्तुहरुको मूल्य बृद्धि गरेर तानाशाही तबरले अघि बढेको बन्दै एकजुट भई त्यसको सशक्त प्रतिवाद गर्ने बताएका थिए ।
उनीहरुले वर्षाको अभावमा कृषकहरु मारमा परेको भन्दै जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरि कृषकहरुलाई राहत र क्षतिपूर्तीको व्यवस्था अविलम्ब गर्न सरकारसँग माँग पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ