News Category 2075/04/17
वैध–प्रकाश मानवअधिकार पुरस्कारबाट सदा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
वैध–प्रकाश मानवअधिकार पुरस्कार २०७५ यस वर्ष मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याएका असर्फी सदालाइ प्रदान गरिएको छ ।
वैध–प्रकाश मानवअधिकार कोष समितिले हरेक वर्ष प्रदान गर्ने आएको सो पुरस्कारबाट २६ औं प्रकाश स्मृति दिवसको अवसरमा वुधवार पत्रकार महासंघमा कार्यक्रमको आयोजना गरी सदालाई सम्मानित गरेको हो । सम्मान स्वरुप सदाले कदर पत्रका साथै ३ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन ।
समितिका अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथी इन्सेकका पुर्वाञ्चल क्षेत्रीय सयोंजक सोमराज थापाले सदालाइ नगद, कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।
दुई दशकदेखि दलित, भुमिहिन, सुकुम्वासीको हक अधिकार प्राप्ती र संरक्षणको आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै २०५५÷०५६ यताको सिनो वहिष्कार आन्दोलनमा समेत प्रसंसनिय भुमिका निर्वाह गरेकाले सदालाइ सम्मान गरिएको समितिका अध्यक्ष झाले वताए ।
पुरस्कृत ४४ वर्षिय सदा सप्तरीको कृष्णा सवरण गाउपालिका –३ का वासिन्दा हुन । दक्षिण एसिया मुसहर उत्थान परिषदका सदस्य समेत रहेका सदा २०६३ सालमा अन्तरिम व्यवस्थापिकाका सदस्य रही महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औं वैध–प्रकाश मानवअधिकार पुरस्कारवाट २०७१ सालमा सम्मानित भएका राजविराज ७ निवासी प्रेस स्वतन्त्रता सेनानी झाले प्राप्त गरेको ५० हजारवाट कोषको स्थापना गरी २०७३ सालदेखि यो सम्मान प्रदान गर्न थालेको हो ।
हालसम्म यो सम्मानवाट २०७३ सालमा दलित आन्दोलनका अगुवा वलदेव राम र २०७४ सालमा युक्ती लाल मरिकलाइ सो सम्मान प्रदान गरि सकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ