News Category 2075/04/18
उच्च अदालत जनकपुरद्वारा राज्यमन्त्री शर्मालाई पक्राउ गर्न आदेश
दैनिक समाचारदाता
जनकपुर, १७ साउन ।
प्रदेश नं. २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा लगायत हत्या घटनाका अभियुक्तलाई अविलम्ब पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयु्क्त इजलासले प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र लगायतका प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको हो ।
महोत्तरीको जलेश्वरमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत महोत्तरीबाट आदेश भएपनि जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा कार्यालय प्रमुखले प्रतिवादीलाई पक्राउ नगरेका कारण अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको छ ।
साउन १५ गते जारि परमादेश आदेशमा भनिएको छ, ‘न्यायपूर्ण समाजको स्थापनाको लागि शान्ति सुरक्षा र अमनचैन कायम गर्ने जिम्मेवारी लिएको सक्षम निकायले आफैंद्वारा अभियोजित कर्तव्य ज्यानजस्तो मुद्दाका प्रतिवादीलाई आफ्नै अगाडि खुलेयाम रहेको स्थितिलाई नजरअन्दाज गर्नुलाई कानूनको धज्जी उडेको, दण्डहीनताले प्रश्रय पाएको, कानूनको अगाडि सबै समान नरहेको एवं राज्य व्यवस्थाले गति नलिएको अर्थमा समाजले हेर्ने हुँदा कानून परिपालनाको लागि अदालतबाट वारेन्ट जारी भएका उल्लेखित प्रतिवादीहरूलाई अबिलम्ब पक्राउ गरी कारवाहीको लागि महोत्तरी जिल्ला अदालत समक्ष उपस्थित गराउनु भनि विपक्षी जिल्ला प्रहरी कार्यालय महोत्तरी र सोको प्रमुखको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’
यस्तै घटनामा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रिय नेताहरू सुरेश पाण्डे, देवेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका नेता लक्ष्मी महतो लगायतका प्रतिवादी रहेका छन् ।
यसैबीच उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले भने, ‘साउन १५ गते परमादेश आएको भएपनि बिहीवार मात्रै आदेशको पूर्णपाठ आएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई तत्कालै अदालतको परमादेशको फैसला लेखेर पठाउने छौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ