News Category 2075/04/18

जबरजस्तीकरणीका अभियुक्तलाई आठ वर्ष कैद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।  
झण्डै तीन वर्ष अघि एक १२ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 
२०७२ भदौं १ गते बालिकालाई जबरजस्तीकरणी गरी सप्तरीको बोदेबर्साईन नगरपालिका काचन (साविकको काचन गाविस २) निवासी २२ वर्षिय धर्मेन्द्र कुमार दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले पक्राउ परेका दासलाई जिल्ला अदालत राजबिराजले आठ बर्ष कैद फैसला गरेको भन्दै उनलाई जिल्ला कारागार कार्यालय सप्तरी पठाईएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट