News Category 2075/04/19
छोराको हत्यारालाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका चन्देश्वर साह र सिता कुमारी तेलीले सोही नगरपालिका ६ का ललित साह र ओमप्रकाश साहले छोराको हत्या गरेको आरोप लगाएका छन् । साह दम्पत्तिले शुक्रबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका छन् । साह दम्पत्तिले २०७५ बैशाख १९ गते १९ वर्षिय छोरा सन्तोष कुमार साह बिहान ५ बजे खेतमा मृत अवस्थामा फेला परेको जनाएका छन् ।
सोही पत्रकार सम्मेलनमा मृतकका पिता चन्देश्वरले १८ गते ओमप्रकाश साहको मोबाइलबाट ललितले फोन गरि ट्याक्टरमा काम गरे वापतको रकम लिन बोलाएको भोली पल्टै उनी मृत अवस्था फेला परेको बताए । मृतकका पिता चन्देश्वर र ओमप्रकाश साह र उनका छोरा ललित साहबीच जग्गा जमिन सम्बन्धी विवाद रहिआएकोले सोही रिसिबीका कारण हत्या गरेको उनको दाबी छ ।
यसअघि घटना लगत्तै ललित साहलगायत चार जनलाई सार्वजनिक अपराधमा प्रहरीले पक्राउ गरेपनि अनुसन्धान पश्चात् १८ दिनपछि उनीहरु सबैलाई रिहा गरिएको उनले बताए । तर, साह दम्पत्तिले पुनः इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएपछि ओम प्रकाश साहलाई जयान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको छ ।
सोही पत्रकार सम्मेलनमा साह दम्पत्तिले छोरोको हत्यारालाई हदै सम्म कारवाहीका लागि सम्पूर्ण सरोकारवालासँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ