News Category 2075/04/19
छोराको हत्यारालाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका चन्देश्वर साह र सिता कुमारी तेलीले सोही नगरपालिका ६ का ललित साह र ओमप्रकाश साहले छोराको हत्या गरेको आरोप लगाएका छन् । साह दम्पत्तिले शुक्रबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका छन् । साह दम्पत्तिले २०७५ बैशाख १९ गते १९ वर्षिय छोरा सन्तोष कुमार साह बिहान ५ बजे खेतमा मृत अवस्थामा फेला परेको जनाएका छन् ।
सोही पत्रकार सम्मेलनमा मृतकका पिता चन्देश्वरले १८ गते ओमप्रकाश साहको मोबाइलबाट ललितले फोन गरि ट्याक्टरमा काम गरे वापतको रकम लिन बोलाएको भोली पल्टै उनी मृत अवस्था फेला परेको बताए । मृतकका पिता चन्देश्वर र ओमप्रकाश साह र उनका छोरा ललित साहबीच जग्गा जमिन सम्बन्धी विवाद रहिआएकोले सोही रिसिबीका कारण हत्या गरेको उनको दाबी छ ।
यसअघि घटना लगत्तै ललित साहलगायत चार जनलाई सार्वजनिक अपराधमा प्रहरीले पक्राउ गरेपनि अनुसन्धान पश्चात् १८ दिनपछि उनीहरु सबैलाई रिहा गरिएको उनले बताए । तर, साह दम्पत्तिले पुनः इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएपछि ओम प्रकाश साहलाई जयान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको छ ।
सोही पत्रकार सम्मेलनमा साह दम्पत्तिले छोरोको हत्यारालाई हदै सम्म कारवाहीका लागि सम्पूर्ण सरोकारवालासँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ