News Category 2075/04/20
सप्तरीका प्रहरी प्रमुखलाई दर्जन बढी संघ संस्थाले सम्मान र विदाई ग¥यो
राजविराज÷सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश सिंहको जिल्लाबाट सरुवा भएपछि उनलाई विभिन्न संघ संस्थाहरुले सम्मान र विदाई कार्यक्रम गरेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरी, सप्तरी युथ नेपाल, सबल नेपाल, नागरिक समाज, मधेशी पत्रकार समाज, बातावरण दैनिक परिवार, उद्योग बाणिज्य संघ, अन्तर महिला संजाल लगायतले कार्यक्रमको आयोजना गरी उनको विदाई र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
प्रायः सवै कार्यक्रममा उनले भने, “यति धेरै सदभाव पाउँदा अझ जिम्मेवारी थपिएको महसुस गरेको छु म जहा गएपनि तपाईहरुको मायाले मलाई सधै सम्झाई रहने छ ।”
सप्तरीमा १३ महिनाको अवधीमा दक्षता र कुशलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेको भन्दै विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गरेको हो । एसपी सिंहले जिल्लाको सुरक्षा व्यवस्था सुद्घुढ तथा प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर बनाउन खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै विदाई र सम्मान कार्यक्रम गर्नेहरुको संख्या बढदै गएको छ ।
यता शनिबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीमा कुनै पनि एसपीको भव्यताका साथ बिदाई र सम्मान गरेको सम्भवतः यो पहिलो पटक भएको बताए ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले छोटो अवधिमा जिल्लाको सुरक्षा व्यवस्था मजबुद बनाउन महत्वपूर्ण भुमिका खेलेकाले स्वतफुर्त रुपमा सिंहको सम्मान र विदाई कार्यक्रम गर्नेको लहर चलेको उल्लेख गरे ।
सिंहले खेलेको भुमिका तथा कतिपय राजनीतिक घटनाक्रमले उत्पन्न विवादलाई समेत सामाधानको बाटो निकालेपछि लोकप्रियताको उचाई बढेको विदाई कार्यक्रमका सहभागी पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले बताए ।
२०७४ साल साउन २ गते सरुवा भई सप्तरी आएका एसपी सिंहले स्थानिय निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गराउन तथा जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थित राख्न अहम भूमिका खेलेको भन्दै गैरसरकारी संस्था नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी प्रशंसा समेत गरे ।
यस अघि पनि जिल्लाबाट दर्जनौ प्रहरी प्रमुखको सरुवा भएको थियो । तर विगतमा यसरी प्रहरी प्रमुखको आउजाउँबारे स्थानियले खासै चासो देखाएका थिएन, नेपाल खेलकदु मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझीले भने, तर सिंहको सरुवा र विदाईमा धेरैले चासो र गम्भिरता देखाएका छन् ।
प्रहरी नागरिक मैत्री बनाउनुको साथै राम्रो काम गर्नेलाई प्रोत्साहन र गलतकाम गर्नेलाई तत्काल कार्यवाही गरी हाल्ने सिंहको प्रवृतिले पनि उनलाई लोकप्रिय बनाएको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको भनाई छ ।
यता आइतबार पनि एसपी सिंहलाई सामुदायिक प्रहरी, शिक्षकहरु एक टोली तथा सप्तरी सामुदायिक विकास केन्द्रले संचालन गरेको सूचना तथा परामर्श केन्द्र सप्तरीले समेत सम्मन गर्ने जनाइएको छ ।
उनी प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा सरुवा भएका छन् । उनको स्थानमा सुनसरीबाट राजन विष्ट नयाँ एसपीको रुपमा बुधबार आउँदै छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ