News Category 2075/04/21
प्रहरी प्रमुखलाई सम्मानसहित बिदाई
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
१३ महिना सप्तरीको अवधीमा सप्तरीमा सफलतापूवर्क कार्य सम्पन्न गरि काठमाडौं सरुवा भएका प्रहरी उपरिक्षक मुकेश सिंहको बिदाई कार्यक्रम भव्यरुपमा गरिएको छ ।
विभिन्न संघसंस्थाहरुले प्रहरी उपरिक्षक सिंहलाई बिहीबारदेखी नै कार्यक्रम गरि बिदाई तथा सम्मान गर्दै आइरहेका छन् । आफ्नो कार्यअवधीमा जिल्लावासीलाई शान्तिको अनुभूति र अपराध नियन्त्रण तथा तीनै तहका निर्वाचन शान्तिपूर्ण तरीकाले सम्पन्न गराउन सफल, सुचना प्रवाहमा तदारूकता, सबैप्रति समान व्यवहार र सम्मान गरेको भन्दै विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गर्दै बिदाई गरेका हुन् ।
यसैबीच सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सूचना परामर्श केन्द्र र गैरसरकारी महासंघ नेपाल सप्तरीले एक कार्यक्रमको आयोजना गरि प्रहरी उपरिक्षक सिंहलाई सम्मान गर्दै बिदाई गरेको छ ।
गैसस महासंघ तथा एससिडीसिका अध्यक्ष शम्भुनन्द चौधरीले सरुवा भएका प्रहरी उपरिक्षक सिंहसँगै सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खडकालाई समेत सम्मान गरे । दुबै जनालाई अध्यक्ष प्रशांसापत्र, कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ ।
सो क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अनुसन्धानका अधिकृत देवराज लिम्बु, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, गैसस महासंघका सचिव बलदेव मण्डल, महासंघका सहसचिव चन्दन यादव, पत्रकार नवीन गुप्ता लगायतका उपस्थिति रहेको थियो ।
यस्तै आइतबारै एसपी सिंहलाई खेलकुद बिकास समन्वय ईकाई समिति, ब्रहमकुमारी राजयोग सेवा केन्द्र, कोशी पीडित समाज, नागरिक समाज लगायतका संघसंस्थाले कार्यक्रमको आयोजना गरि सम्मान गर्दै बिदाई गरेका थिए ।
यसअघि नेपाल पत्रकार महासंघ, मधेशी पत्रकार समाज, सबल नेपाल, सप्तरी युथ नेपाल, ग्रिन नेपाल, महिला मानव अधिकार रक्षक संजाल लगायत दर्जनौ संघसंस्थाले सम्मान तथा बिदाई गरेको छ ।
प्रहरी प्रमुख सिंहको प्रहरी प्रधान कार्यालय सरूवा भएको छ भने उनको स्थानमा दंगा प्रहरी दुहबीका प्रमुख राजेन्द्र बिष्ट आउदै छन् । सिंह सोमबार काठमाडौं जादैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ