News Category 2075/04/22
महासंघका संस्थापक खतिवडाको सम्झनामा श्रद्धाञ्जलीसभा
दैनिक समाचारदता
राजविराज, २१ साउन ।
प्रेस संगठन नेपाल सप्तरीले दुर्घटनामा मृत्यु भएका नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक रामप्रसाद खतिवडाको १३ औं दिनको पुण्यतिथिमा राजविराजमा सोमबार श्रद्धाञ्जली सभा गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले सादा जिवन र कठोर लेखनका धनी खतिवडाले पत्रकारितामा क्षेत्रमा पु¥याएको योगदान उच्च रहेको बताए ।
खतिवडाले आर्जन गरेको जनविश्वास र पत्रकारितामा पु¥याएको योगदान बास्तवमै उच्च रहेको भन्दै प्रदेशसभा सदस्य न्यौपानेले खतिवडाको स्मृतिलाई चिरस्थायी बनाउन गठन हुने कोषका लागि तत्काल १० हजार दिने घोषणा समेत गरे ।
उनले अग्रज पत्रकारहरुप्रति सम्मान जनाउन महासंघ र आबद्ध संगठनहरुले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष शिवहरी भट्टराई, महासंघ सप्तरीका पूर्व अध्यक्षहरु विष्णु मण्डल, बैद्यनाथ झा, धिरेन्द्रप्रसाद साह, वर्तमान उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व उपाध्यक्ष गणेशलाल देव, सप्तरी उद्योग बाणिज्य संघका पूर्व महासचिव सुरेश सिंह, प्रेस संगठनका केन्द्रीय सदस्य राजु विश्वकर्मा, जनजाती पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रियासिंह थारु, पत्रकारहरु सतिश दत्त, हेमशंकर सिंह, शिव आचार्य, दिनानाथ यादवलगायतले खतिवडाको व्यक्तित्वको चर्चा गर्दै आफुसँगका सम्झनाहरु सुनाएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष खगेन्द्र कार्कीले खतिवडाको सम्मानमा हरेक वर्ष कार्यक्रम गरिने बताउदै असमायिक निधनले पत्रकारहरुले अभिभावक गुमाएको बताउँदै अग्रज पत्रकारहरुको स्मरणलाई स्थायी बनाउन प्रेस संगठनको नयाँ संरचना बनेसँगै अक्षय कोष स्थापना गरिने उनले प्रतिबद्धता जनाए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु भट्टराई, मण्डल, झा, साहलगायतकाले खतिवडाको स्मरणलाई ताजा बनाउन गरिने कामका लागि आप्mनो तर्फबाट नगद रकम सहयोग गर्ने घोषणा गरे ।
विराटनगरबाट राजविराज आउँदै गरेका पत्रकार खतिवडा सवार को १ ज २१४९ नम्बरको माइक्रोबस र विपरीत दिशामा जाँदै गरेको ना.५ख ६१० नम्बरको बस आपसमा ठोक्किएर राजबिराज नगरपालिका १५ स्थित देउरी भरुवामा साउन ९ गते दुर्घटना हुँदा ७२ वर्षीय खतिवडाको मृत्यु भएको थियो ।
चार दशक अघि मातृभूमि साप्ताहिकमा आवद्ध भएर पञ्चायत कालदेखिनै पत्रकारिता गर्दै आएका अग्रज पत्रकार खतिवडा नेपाल पत्रकार महासंघ सप्तरी एवं प्रेस चौतारी सप्तरीका संस्थापक हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ