News Category 2075/04/23
निर्देशन दिने सुरक्षा निकायका अधिकारीलाई हदै सम्मको कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
मलेठका घटनामा घाइते भएका तथा सहिद परिवारका सदस्यहरुले नरसंहार मच्याउन निर्देशन दिने सुरक्षा निकायका अधिकारीलाई हदै सम्मको कारवाही गर्न माँग गरेका छन् ।
प्रदेश २ सरकारद्वारा गठित उच्चस्तरिय छानविन समितिले मंगलबार घटना भएको स्थानको स्थलगत अवलोकनका क्रममा घाइते भएका तथा सहिद परिवारका सदस्यहरुले सो माँग गरेका हुन् ।
२०७३ फागुन २३ गते तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान जानुका साथै एक दर्जन वढी गम्भिर घाइते भएका थिए ।
प्रदेश सरकारका आन्तरिक मामिला एंव कानुन मन्त्री ज्ञानेन्द्र यादव संयोजक तथा समाजिक विकास मन्त्री नवलकिशोर साह र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह सदस्य रहेको छानविन टोली मंगलवार घटनास्थलको अवलोकन तथा शहिद परिवार, घाइते एंव स्थानियवासीको घरघरमै पुगेर घटनाबारे आवश्यक जानकारी लिएको थियो ।
यसअघि मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविन र त्यसपछि सार्वजनिक गरिएको प्रतिवेदन एक पक्षिय भएको भन्दै निश्पक्ष छानविनका लागी प्रदेश सरकारले आफुहरुलाइ जिम्मेवारी दिएको वताउँदै समितिका संयोजक रहेका मन्त्री यादवले पीडितले न्याय पाउने र दोषिमाथी कारवाही हुनेमा विश्वस्त रहन आग्रह गरे ।
शहिद परिवारले दोषिलाइ कडा कारवाही गर्नु पर्ने पटक पटक गरेको आग्रहको जवाफमा संयोजक यादवले उनीहरुलाई आश्वस्त पार्दै समितिले घटनाको निश्पक्ष छानविन गर्ने आश्वासन दिए । उनले दोषिलाइ कानुनी कटघरामा उभ्याउने काम पनि गर्ने बताए । उनले दोषि माथी कारवाही सगै शहिद परिवार र घाइते परिवारलाई प्रदेशमा उपलवध स्वास्थ्य, शिक्षा लगायतका अन्य सुविधा पनि उपलव्ध गराइने वाचा गरे ।
यसअघि सो समितिले सुरक्षा निकायका प्र्रमुख, वुद्घिजीवी, अधिकारकर्मी र सञ्चारकर्मीहरुसंग घटनाबारे आवश्यक जानकारी लिएको र छानविन टोलीले मंगलवार घटनास्थलको अवलोकन, शहिदपरिवार, घाइते र पीडितसँग भेटनुका साथै जिल्ला समन्वय समितिको सभाकक्षमा विभिन्न राजनीतिक दलका प्रतिनिधिसंग छलफल समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ