News Category 2075/04/25
उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आन्दोलनको विकल्प छैन् ः सांसद चौधरी
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले आदिवासी जनजाति लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आन्दोलन गर्नुको विकल्प नरहेको वताएका छन ।
२४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा विहिवार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिमाथि सरकारले भेदभाव गरेको आरोप समेत लगाए ।
सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आदिवासी जनजाति भएकै कारण प्रतिनिधी सभा सदस्य रेशम चौधरी र प्रदेश सदस्य दिपक मनाङ्गेले जेलमा वस्नु परेको जिकिर गरे । वर्तमान संघीय सरकार आदिवासी जनजातिसहित उत्पीडित समुदायको मुद्दा प्रति पुर्वाग्रही रहेको चर्चा गर्दै उनले अधिकार प्राप्तीको लागी आन्दोलन गर्नुको विकल्प नरहेको वताए । सरकार आदिवासी जनजातिको अधिकार र पहिचान विरोधी रहेको उनले टिप्पणी गरे ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विनोद चौधरीले मुलुकमा शासन व्यवस्था फेरिए पनि आदिवासी जनजातिको अवस्था नफेरिएको वताए । राज्यको आदिवासी जनजाति विरोधी नितीका कारण आदिवासी जनजाति समुदायको अवस्थामा परिवर्तन आउन नसकेको वताए ।
नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीले स्थानीय सरकार समेत आदिवासीको मुद्धा खोस्ने मनस्थितीमा रहेकोले सवै उत्पीडित समुदाय गोलवद्ध हुनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति जिल्ला समवन्य समितीका उपाध्यक्ष महेश प्रसाद चौधरी, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिम वहादुर तामाङ, थारु कल्याण कारिणी सभाका पुर्व केन्द्रिय सदस्य कन्नलाल चौधरी, नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य विष्णु थापा मगर, आदिवासी जनजाति महासंघका पुर्व उपाध्यक्ष खड्ग वहादुर तामाङ लगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष तामाङले आदिवासी जनजाति आन्दोलनको समिक्षत्मक र संघीय शासन व्यवस्थामा आदिवासी जनजातिको अधिकार वारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ