News Category 2075/04/25
उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आन्दोलनको विकल्प छैन् ः सांसद चौधरी
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले आदिवासी जनजाति लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आन्दोलन गर्नुको विकल्प नरहेको वताएका छन ।
२४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा विहिवार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिमाथि सरकारले भेदभाव गरेको आरोप समेत लगाए ।
सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आदिवासी जनजाति भएकै कारण प्रतिनिधी सभा सदस्य रेशम चौधरी र प्रदेश सदस्य दिपक मनाङ्गेले जेलमा वस्नु परेको जिकिर गरे । वर्तमान संघीय सरकार आदिवासी जनजातिसहित उत्पीडित समुदायको मुद्दा प्रति पुर्वाग्रही रहेको चर्चा गर्दै उनले अधिकार प्राप्तीको लागी आन्दोलन गर्नुको विकल्प नरहेको वताए । सरकार आदिवासी जनजातिको अधिकार र पहिचान विरोधी रहेको उनले टिप्पणी गरे ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विनोद चौधरीले मुलुकमा शासन व्यवस्था फेरिए पनि आदिवासी जनजातिको अवस्था नफेरिएको वताए । राज्यको आदिवासी जनजाति विरोधी नितीका कारण आदिवासी जनजाति समुदायको अवस्थामा परिवर्तन आउन नसकेको वताए ।
नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीले स्थानीय सरकार समेत आदिवासीको मुद्धा खोस्ने मनस्थितीमा रहेकोले सवै उत्पीडित समुदाय गोलवद्ध हुनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति जिल्ला समवन्य समितीका उपाध्यक्ष महेश प्रसाद चौधरी, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिम वहादुर तामाङ, थारु कल्याण कारिणी सभाका पुर्व केन्द्रिय सदस्य कन्नलाल चौधरी, नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य विष्णु थापा मगर, आदिवासी जनजाति महासंघका पुर्व उपाध्यक्ष खड्ग वहादुर तामाङ लगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष तामाङले आदिवासी जनजाति आन्दोलनको समिक्षत्मक र संघीय शासन व्यवस्थामा आदिवासी जनजातिको अधिकार वारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ