News Category 2075/04/27
संघियतालाई मजबुत बनाउन पत्रकारहरुले नियमित कलम चलाउनु पर्नेमा जोड
राजविराज÷प्रतिनिधीसभा सदस्य चन्द्रकान्त चौधरीले मुलुकमा बिभिन्न परिवर्तन ल्याउन पत्रकारले खेलेको भूमिका सहनीय रहेको बताएका छन् ।
मधेशी पत्रकार समाज सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको नागरिक पत्रकारिता कार्यशालाको उद्घाटन गर्दै सांसद चौधरीले सो कुरा बताउँदै अब संघियतालाई मजबुत बनाउन पत्रकारहरुले नियमित कलम चलाउनु पर्नेमा जोड समेत दिए ।
सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित सांसद चौधरीले पत्रकारहरुप्रति राज्यले खासै ध्यान दिन नसकेको बताउँदै पत्रकार र पत्रकारिता बलियो नभएसम्म मुलुक राम्रोसँग अगाडी बढ्न नसक्ने जिकिर गरे ।
सोही कार्यक्रममा प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पत्रकारहरुलाई हरेक समस्याको उत्थान गर्न आग्रह गर्दै प्रदेशमा विद्यमान रहेका विभिन्न समस्याहरुलाई उजागर गरी राज्यको ध्यानाकर्षण गराउन आग्रह समेत गरे ।
संघियता आएपछि नागरिकमुखी पत्रकारिता बनाउनुपर्ने उद्देश्यका साथ समाजले कार्यशालाको आयोजना गरेको हो । ग्रामिण क्षेत्रबाट पत्रकारिता गरिरहेकाहरुको उक्त कार्यशालामा सहभागिता रहेको थियो भने कार्यशालामा श्रवणकुमार देव र बिनय कर्णले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ