News Category 2075/04/27
घरेलु तथा सामाजिक महिला हिंसाका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त
राजविराज÷सप्तरी जिल्लामा घरेलु तथा सामाजिक महिला हिंसाका घटनाहरु बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र पत्रकारबीच शनिबार सम्पन्न सम्वाद कार्यक्रमका वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन् ।
यूकेएड र सर्च फोर कमन ग्राउण्डको सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको ज्ञआयोजनामा सम्पन्न सम्वाद कार्यक्रममा वक्ताहरुले बलात्कारका घटनाहरु बारे सुक्ष्म अनुसन्धान गर्नु पर्ने आवश्यकता रहेको औल्याएका छन् ।
कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हरिशचन्द्र ढुंगानाले बलात्कारका अधिकांश घटनाहरुको मुद्दा अदालत पुग्नु अगावै सम्झौता भइसकेकोले न्यायालयलाई न्याय सम्पादन गर्न अफ्ठ्यारो भएको जिकिर गरे । उनले त्यस्ता मुद्दाहरु अदालत बाहिर नै मिल्ने गरेकाले आफूहरुमाथी आशंकाको दृष्टिले हेर्ने गरेको गुनासो पोखे ।
त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संचार माध्यममा प्रकाशित समाचारहरुप्रति ध्यानाकर्षण हुने गरेको जानकारी दिँदै त्यस्ता समाचारहरुलाई आधार मानेर आवश्यक अनुसन्धान समेत गरेको बताए । बलात्कार, अपहरण, शरीरबन्दकका घटनहरुरु समेत बढी भइरहेको उल्लेख गरे । यूवा यूवती आफू खुशी हिडेपछि सम्बन्धीत पक्षले तीन पुस्तेको नाम राखी दिने गरेको मुद्दाले न्यायापालिकालाई अफ्ठ्यारोमा पारिरहेको भन्दै त्यस्ता कार्यलाई न्यूनिकरण गर्नुपर्ने आवश्यक रहेकोमा जोड समेत दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भवेश रिमालले लागुऔषध, जबरजस्ति करणी, घरेलु हिंसा सम्बन्धी मुद्दाको जाहेरी दर्ता गर्ने प्रवृती बढेकोले त्यस्ता मु्द्दाहरु मेलमिलाप प्रकृयाबाट समाधान भएपनि फिर्ता लिन नसक्ने प्रावधान रहेको बताए । उनले जाहेरी दर्तापछि मुद्दा फिर्ता नहुने बताउँदै उजुरी दर्ता गरेमात्र मेलमिलाप भएपछि मुद्दा फिर्ता हुने प्रावधान रहेको जानकारी दिए ।
पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित सम्वाद कार्यक्रममा सर्च फोर कमन ग्राउण्डका महेन्द्र महतो, हुकोडनका कार्यक्रम संयोजक रामकुमार यादव, नागरिक समाजका थानसिंह भंसाली, अधिवक्ता डोमन साह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, करुणा झा, महासंघका पूर्व अध्यक्षद्वय शिवहरि प्रसाद भट्टराई, बैजनाथ झा, गणेशलाल देव, महासंघका सल्लाहकार श्रवण देव, सचिव जितेन्द्र झा लगायतका वक्ताहरुले प्रहरी प्रशासनले जिल्लाका केही घटनाहरुको सुक्ष्म अनुसन्धान गरेको तथा जिल्लामा शान्ति सुरक्षामा सुधार आएको बताउँदै न्यायालयले जटिल मुद्दाहरु बारे संचारकर्मीहरुलाई सूचना दिनका लागि व्यवस्था मिलाउन सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ