News Category 2075/04/29
शित भण्डार निर्माणको बिस्तृत परियोजना प्रस्तुत, माछा भण्डारणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी जिल्लामा माछा भण्डारणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
जिल्ला सहकारी संघ सप्तरीको आयोजनामा सोमबार राजविराजमा आयोजित शित भण्डार निर्माणको बिस्तृत परियोजना प्रस्तुतिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ को सप्तरी जिल्ला माछा क्षेत्रको रुपमा परिचित रहेकोले माछा भण्डारणका लागि सहकारी संघ अगाडी बढे प्रदेश सरकारले सहयोग गर्ने बताए ।
मन्त्री साहले शित भण्डार नभएकोले यस जिल्लाका किसानहरु आफूले उत्पादन गरेको तरकारी र फलफुलको लागतसम्म वसुल गर्न नसकी पलायन हुने अवस्था अब नआउने बताए । उनले शित भण्डार निर्माण हुन गइरहेकोले यसबाट कृषकहरुलाई सक्दो लाभ लिन आग्रह गर्दै व्यवसायी तरकारी खेती गर्ने किसानहरुलाई शित भण्डारले निकै लाभ पुग्ने जिकिर गरे ।
मन्त्री साहले संघीय सरकारले प्रदेश २ को कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाउँदै कृषि क्षेत्रलाई अगाडी बढाउन अब प्रदेश सरकार आफै गम्भिर भएर अगाडी बढिरहेको उल्लेख गरे ।
त्यस्तै सोही कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले शित भण्डार निर्माण भएपछि यहाँका कृषकहरुले जुनसुकै समयमा आफूले उत्पादन गरेको तरकारी र फलफुल बिक्रि गर्न पाउने बताए । उनले स्जिल्ला सहकारीले शित भण्डारका लागि गरेको पहल सहनिय भएको भन्दै यसका लागि राजविराज नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कृषिका लागि सम्पूर्ण वातावरण रहेको भन्दै शित भण्डार निर्माण पश्चात् यहाँका किसानहरु अन्य स्थानमा पनि आफूले उत्पादन गरेको तरकारी र फलफुलहरु बिक्रि गर्न सक्ने सम्भावना बढेर गएको बताए । जसकारण जिल्लावासीले आफ्नै जिल्लामा उत्पादन भएको तरकारी र फलफुल सुपथ मुल्यमा खरीद गर्न पाउने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले पाँच वर्षको अथक प्रयास पश्चात् ३ हजार मेट्रिक टन तरकारी र फलफुल भण्डारण गर्न सकिने क्षमताको शित भण्डार निर्माण हुन गइरहेको जानकारी दिए ।
उनले सोका लागि संघीय सरकारको ३० करोडको लागतमा तथा राजविराज नगरपालिकाले वडा नं. १५ मा उपलब्ध गराएको एक विगहा जमिनमा उक्त शित भण्डार निर्माण हुन गइरहेको बताए । जसमा २० प्रतिशत अर्थात ६ करोड रकम जिल्ला सहकारी संघले लगानी गर्ने र सो लगानी जुटाउन जिल्लाका विभिन्न सहकारी संस्था तथा स्थानिय सरकारसँग छलफल गरिने समेत उनले जानकारी दिए ।
कार्यक्रममै अध्यक्ष दत्तले छुट्टै माछा भण्डारणका लागि समेत सहकारी संघले योजना बनाएको र सो योजनामा प्रदेश सरकारका मन्त्रीले प्रतिबद्धता व्यक्त गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने शित भण्डारका लागि बनाइएको बिस्तृत परियोजना बारे जानकारी समेत दिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ