News Category 2075/04/30
राजनीतिक दलहरुले यूवालाई उपेक्षित ग¥यो ः प्रदेशसभा सदस्य सुमन, समाज परिवर्तनमा योगदान दिएका पाँच जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
प्रदेश २ का प्रदेशसभा सदस्य मनिष कुमार सुमनले समाज परिवर्तनमा यूवाको अहम भूमिका रहेको बताएका छन् ।
१८ औं अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा मंगलबार राजविराजमा आयोजित यूवा सम्वाद तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुमनले यूवाहरुको सहभागिताले मुलुकमै आमूल परिवर्तन आएको जिकिर गरे ।
“जसरी मुलुक परिवर्तनका लागि युवाहरुले योगदान दिए, त्यसरी नै राजनीतिक दलहरुले पार्टीमा उनीहरुलाई उचित स्थान दिन सकेन् ।” उनले भने, “पार्टीको अनुशासनको नाममा यूवाहरुले पीडाबोध महसुस गर्दैछन् ।”
राजपाका महासचिव समेत रहेका प्रदेशसभा सदस्य सुमनले राजनीतिक पार्टीहरुले यूवाहरुलाई उपेक्षित गरिरहेको आरोप लगाउँदै यूवाहरुलाई सांगठितको नाममा बिकृती नल्याउन आग्रह समेत गरे ।
सप्तरी जिल्लामा यूवाहरुले गरिरहेको सरसफाईको कामप्रति सहनिय काम भन्दै सुमनले समाजलाई सुधार्न यूवाहरुले गरिरहेको अथक प्रयास पश्चात् पनि समाज सुध्रिने अवस्था नरहेको प्रति चिन्ता समेत व्यक्त गरे । तर, युवाहरुले एक सय हप्तासम्म सरसफाई गरिरहँदा समाजले त्यसको प्रतिफलमा यूवाहरुलाई सम्मानित गर्नुका साथै अब आफै सरसफाई तर्फ उन्मूख हुनुपर्ने तर्क दिए ।
सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले समाज सुधारका निम्ति सप्तरी यूथको प्रयास अत्यन्त सकारात्मक भएको भन्दै यसका लागि आफ्नो गाउँपालिकाले यूवाहरुलाई प्राथमिकतामा राखेको बताए ।
त्यस्तै सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले युवाहरु कुलतमा बढ्ने संख्या अत्याधिक रहेको भन्दै उनीहरु कुलत त्याग्नु पर्नेमा जोड दिए ।
सेभ द चिल्ड्रेन, सबल नेपाल र सप्तरी यूथको आयोजनामा तथा सबल नेपालकी अध्यक्ष जुना गिरीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, समाजसेवी ई सूर्यनारायण यादव, राजपा यूवा नेता शम्भु यादव, काँग्रेसका यूवा नेता पार्थो सरकार, संघीय समाजवादी फोरम नेपालकी नेत्री दिलकुमारी चौधरी लगायतले समाज परिवर्तनका लागि यूवाहरु एकजुट भई काम गर्नु पर्ने धारणा राखेका थिए ।
सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँच जना व्यक्तित्वलाई प्रदेशसभा सदस्य मनिस सुमनले सम्मानित गरे । खेल क्षेत्रमा योगदान पु¥याएका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अमित यादव, कलाक्षेत्र तर्फ मधेशी पुत्र १ र २ फिल्मका निर्देशक निराजन मेहता, शिक्षामा योगदान गरेका क्षितिज कलेजका केशव झा, व्यवसायीतर्फ यूवा उद्यमी राहुल सिंह र समाजसेवा तर्फ उल्लेख्यीय योगदान पु¥याएका ई. सूर्यनारायण यादवलाई दोसल्ला, कदरपत्र तथा शिल्ड प्रदान गरेर सम्मानित गरिएको सप्तरी यूथका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ