News Category 2075/05/04
अत्याधिक गर्मीले जनजीवन पूर्ण रुपले कष्ठकर
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
विगत एक सातादेखि बढ्दै गएको अत्याधिक गर्मीले सप्तरीको जनजीवन पूर्ण रुपले प्रभावित हुनुका साथै दिनचर्या अत्यन्त कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीले दिउँसो बजारमा मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ ।
राजविराजमा आइतवार ४० डिग्री तापक्रम मापन गरिएको छ भने शनिबार पनि तापक्रम उत्तिकै डिग्रीको हाराहारीमा रहेको थियो ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता पंखा चलाएर वस्दा पनि तातो हावा आउने कारण पनि सर्वसाधारण निकै कष्ठकर जीवन बिताउन बाध्य भएको स्थानिय उमेश यादव बताउछन् ।
यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । अहिले बढेको गर्मी सहन नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा अदालतमा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको जिल्ला बार एशोसिएशनका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीले बताए ।
गत वर्ष यही वेला अविरल वर्षाका कारण जिल्लामा जताततै वाढी आएको थियो । तर यस पटक वाढीको साटो गर्मीको प्रकोपले दुःख भइरहेको स्थानिय शंकर साहको भनाई छ । चर्को घामले घर वाहिर निस्कनै कठिन भएपछि अधिकांश विद्यालयको गर्मी विदा सकि सके पनि पठनपाठन सुचारु गर्न कठिनाइ भएको एक शिक्षकले सुनाए ।
लामो समयदेखि पानी नपर्दा किसान झन मारमा परेका छन । एकातिर धान रोपाई प्रभावित भए भने अर्को तिर रोपाइ भएका खेतमा पनि पानी अभावमा धाँजा फाट्न थालेको छ ।
अत्यधिक गर्मीले बाजार सुनसान भए पनि विभिन्न रोगको सक्रमण वढे पछि विरामीको संख्या भने ह्वातै वढेको छ । जस कारण अस्पताल र प्राइभेट क्लिनिकहरुमा विरामीको चाप वढेको छ ।
स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विरामीको चाप वढेको मेसु डा चुमन लाल दासले वताए । उनका अनुसार अत्यधिक गर्मीका कारण अहिले अस्पतालमा दैनिक भाइरल ज्वरो, सर्पदंश, रुघाखोकीका विरामीहरु उलेख्य सख्यामा आउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ