News Category 2075/05/05
सेवा सुधार र बिस्तार तथा संरक्षणको माँग गर्दै औद्योगिक क्षेत्रमा तालावन्दी
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको ब्यवस्थापन कार्यालयमा त्यहा संचालित उद्योगका संचालकहरुले सोमवार तालावन्दी गरेका छन् ।
औद्योगिक क्षेत्र सुधार सम्वन्धि विभिन्न ६ वुँदे माग अघि सार्दै औद्योगिक क्षेत्रभित्र संचालित उद्योगका सञ्चालकहरुले विहान १० वजे ब्यवस्थापन कार्यालयका कर्मचारीहरुलाई वाहिर निकालेर तालवन्दी गरेका हुन् । उद्योगी ब्यवसायीहरु ब्यवस्थापन समक्ष ६ वँुदे माग पत्र वुझाउँदै मुल गेटमा धर्नामा समेत वसेका छन् ।
वुझाईएको माग पत्रमा उद्योग भित्र नियमित विद्युत आपुर्तिका लागि छुट्टै फिडरको ब्यवस्था गर्नुपर्ने, गत वर्ष वाढिले भत्काएको कम्पाउण्ड वाल तत्काल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुवानमा पर्ने भएकाले पानी निकासको उचित ब्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि वोरिंगको ब्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षा वलको ब्यवस्था गर्नुपर्ने तथा वर्षाले पानी पसेर उद्योगका उपकरणहरुमा पु¥याएको क्षतीको यकिन गरि क्षतीपुर्ति दिनुपर्ने लगायतका माग रहेका छन् ।
समस्यै समस्याले ग्रस्त औद्योगिक क्षेत्रको सुधारका लागि ब्यवस्थापन कार्यालय समक्ष पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि आश्वासन वाहेक केहि नपाईएकाले वाध्य भई तालावन्दी गर्नु परेको कोशी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले वताए । यस्तै मिलन डेरीका संचालक मिलन सिंहले माग पुरा नभएसम्म तालावन्दी र धर्ना जारी रहने बताए ।
यता औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख दिपक राज आचार्यले आवश्यक वजेट नहुँदा विद्युत, भत्केको कम्पाण्ड वाल मर्मत, औद्योगिक सुरक्षा वलको नियुक्ती, पानीका लागि वोरिगंको ब्यवस्था लगायतका काम अघि वढाउन नसकिएको लाचारी ब्यक्त गर्दै आफुले सम्वद्ध निकायमा भने निरन्तर पहल गरिरहेको जानकारी दिएका छन्् ।
भारत सरकारको सहयोगमा २३ विगहा जग्गामा निर्माण गरिएको सो औद्योगिक क्षेत्रभित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने क्षमता छ । तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदा हाल कोशी पोलीमर्श, मिलन डेरी, कृष्णा खाद्य, महालक्षमी पेट र पदम ज्योति प्लाष्टिक उद्योग गरी ५ वटा उद्योग मात्र सञ्चालनमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ