News Category 2075/05/10
सुनदेखि नुनसम्मको व्यवस्थित हाट बजार संचालनको तयारी हुँदै
राजविराज÷ग्लोवल वहुमुखी सहकारी संस्था राजविराजले भदौं ११ देखी १७ सम्म मानव कल्याण, सुख शान्ति र समृद्दिको कामना गर्दै राजविराजमा सप्ताहव्यापी ”श्री मद भागवत कथा वाचन” धार्मिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
धार्मिक समारोहमा धार्मिक जागरणका लागी नेपाल तथा भारतका हिन्दु धमार्वलम्वी माँझ ख्याती प्राप्त ज्योतिषाचार्य पण्डित राम कुमार शास्त्रीले कथा वाचन र प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले आयोजना हुने धार्मिक समारोहमा नेपाल तथा भारतका समेत गरी करिव २५ हजारको हाराहारीमा भक्तजन आउने अनुमानसहित आवश्यक सवै प्रबन्ध मिलाइएको जानकारी दिए ।
यस्तै सोही संस्थाद्वारा जिल्लामै पहिलो पटक सदरमुकाम राजविराज ७ मा स्थापना गरिएको सुविधा युक्त “ग्लोवल कृषि तथा सहकारी हाट वाजार” को समेत आगामी १७ भाद्र कृष्णाष्टमीका दिन शुभारम्भ गरिने उनले जानकारी दिए ।
सुनदेखि नुनसम्म पाइने सो व्यवस्थित हाटवाजारमा सिसी क्यामरा, सुरक्षा गार्ड, वाइफाय, व्यवसायी र ग्राहक दुवैको दुर्घटना विमा, एम्वुलेन्स, विनाधितो ऋण, २४ सै घण्टा विधुत, पानी लगायतको सेवा, सुविधा उपलव्ध रहने उनले जानकारी दिए ।
कृषि हाट वाजारको मुख्य आर्कषणको रुपमा जिउँदो माछा, ताजा फलफुल र तरकारी, माटोको स–साना भाडोमा जमाइएको दही लगायतका विक्री स्टल रहने जानकारी दिदै उनले धार्मिक समारोह र कृषि हाटवाजारको शुभारम्भ दुवैको धुमधामका साथ तयारी भइरहेको वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ