News Category 2075/05/10
सुनदेखि नुनसम्मको व्यवस्थित हाट बजार संचालनको तयारी हुँदै
राजविराज÷ग्लोवल वहुमुखी सहकारी संस्था राजविराजले भदौं ११ देखी १७ सम्म मानव कल्याण, सुख शान्ति र समृद्दिको कामना गर्दै राजविराजमा सप्ताहव्यापी ”श्री मद भागवत कथा वाचन” धार्मिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
धार्मिक समारोहमा धार्मिक जागरणका लागी नेपाल तथा भारतका हिन्दु धमार्वलम्वी माँझ ख्याती प्राप्त ज्योतिषाचार्य पण्डित राम कुमार शास्त्रीले कथा वाचन र प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले आयोजना हुने धार्मिक समारोहमा नेपाल तथा भारतका समेत गरी करिव २५ हजारको हाराहारीमा भक्तजन आउने अनुमानसहित आवश्यक सवै प्रबन्ध मिलाइएको जानकारी दिए ।
यस्तै सोही संस्थाद्वारा जिल्लामै पहिलो पटक सदरमुकाम राजविराज ७ मा स्थापना गरिएको सुविधा युक्त “ग्लोवल कृषि तथा सहकारी हाट वाजार” को समेत आगामी १७ भाद्र कृष्णाष्टमीका दिन शुभारम्भ गरिने उनले जानकारी दिए ।
सुनदेखि नुनसम्म पाइने सो व्यवस्थित हाटवाजारमा सिसी क्यामरा, सुरक्षा गार्ड, वाइफाय, व्यवसायी र ग्राहक दुवैको दुर्घटना विमा, एम्वुलेन्स, विनाधितो ऋण, २४ सै घण्टा विधुत, पानी लगायतको सेवा, सुविधा उपलव्ध रहने उनले जानकारी दिए ।
कृषि हाट वाजारको मुख्य आर्कषणको रुपमा जिउँदो माछा, ताजा फलफुल र तरकारी, माटोको स–साना भाडोमा जमाइएको दही लगायतका विक्री स्टल रहने जानकारी दिदै उनले धार्मिक समारोह र कृषि हाटवाजारको शुभारम्भ दुवैको धुमधामका साथ तयारी भइरहेको वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ