News Category 2075/05/13

चिप्लेर पोखरीमा डुबेर बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ भदौं । 
रक्षाबन्धन पर्व मनाउन मामा घर आएका एक बालकको हात धुन क्रममा चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको छ । 
सर्लाही बहुर्वा गाउँपालिका २ डुमरिया टोलका इन्दल यादवको सात वर्षीय छोरा विक्रम यादव सप्तरी रुपनी गाउँपालिका १ रायपुरस्थित मामाघर आएका बेला शौच गरेर पोखरीमा हात धुने क्रममा चिप्लेर डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता बालक यादवको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस