News Category 2075/05/13
प्रदेश सरकारद्वारा सहीद राउतकी पत्नी निलमलाई रोजगारी प्रदान
दैनिक समाचारदाता
जनकपुर, १२ भदौं ।
प्रदेश नं. २ सरकारले तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई मंगलबार रोजगारीका नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुसार प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । सो अवसरमा उनले, “हामी आह्वान गरि सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।”
यस अघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।
मुख्य न्यायधिवक्ता कार्यालयले हाल सम्म दुई जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइसकेको जनाएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ