News Category 2075/05/21
औद्योगिक क्षेत्रमा बन्द दुई उद्योगको सम्झौता खारेज, खारेज उद्योगको २० लाख बढी बक्यौता तिर्न बाँकी
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विगत २० वर्षदेखी स्थान ओगटेर बन्द अवस्थामा रहेका दुई उद्योगलाई बुधबार सम्झौता खारेज गरि कारवाही गरिएको छ ।
एस. एण्ड को. इलेक्ट्रोड्स प्रा.लि. र महालक्ष्मी खाद्य उद्योगको सम्झौत खारेज गरि निजि ताला फुटाई सरकारी ताला लगाइएको हो । एस. एण्ड को प्रालिको ११ लाख २२ हजार २ सय ९२ रुपैया २३ पैसा र महालक्ष्मी खाद्य उद्योगको ९ लाख ४३ हजार ४ सय १५ रुँपैया ७९ पैसा बाँकी बक्यौता रहेको छ ।
कार्यालयका प्रमुख दिपक आचार्यले दुई वटा उद्योग विगत धेरै दिनदेखी बन्द रहेको अवस्था, सम्झौता तथा नविकरण समेत समाप्त भइसकेको र बाँकी बक्यौता पनि बाँकी रहेकोले बाध्य भइ बन्द गर्नु परेको जानकारी दिएका छन् । उनले अब ती दुई सेडमा नयाँ उद्योगहरुका लागि सूचना प्रकाशन गरि राष्ट्रको सेवा गर्ने उद्देश्यले रोजगारीमूलक उद्योग स्थापना गर्नेलाई पहिलो प्राथमिकता दिने बताए ।
यसैगरि रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जनप्रतिनिधिहरुको रोहबरमा वर्षौदेखी बन्द रहेका, म्याद समाप्त भइसकेको अवस्थामा र बक्यौता बाँकी समेत रहेका उद्योगहरुलाई कारवाही गरिएको बताए । उनले उद्योग स्थापनाका लागि वातावरण निर्माण भइसकेको दाबी गर्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपले संचालनमा ल्याउनका लागि स्थानिय तहले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयको नेतृत्वमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, वडा नं. ५ का अध्यक्ष जगदीश दास, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, राजविराज नगरपालिकाका अधिकृत प्रफुल्ल श्रेष्ठलगायत, स्थानियको रोहबरमा सरकारी ताला लगाइएको छ ।
बि.स. २०४४ सालमा भारत सरकारको सहयोगमा साढे २२ विगहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्र भित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड निर्माण गरिएको छ ।
तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदा समेत हाल कोशी पोलिमर्श इण्डष्ट्रिज, मिलन डेरी उद्योग, महालक्ष्मी पेट इण्डष्ट्रिज र पदम ज्योति प्लाष्टिक उद्योग गरि चार उद्योग मात्र सञ्चालनमा छन् । जस मध्ये कोशी पोलिमर्श इण्डष्ट्रिजले भवन नपाउँदा समेत आफ्नै लगानी सेड निर्माण गरि उद्योग संचालन गर्दै आएको छ ।
यस्तै अल नेपलिज टि एण्ड कफी सेन्टर प्रालि., कृष्णा खाद्य उद्योग र माँग भगवती कृषि टमाटो फुड्स इण्डष्ट्रिज बन्द अवस्थामा रहेका छन् भने कान्तिपुर प्लाष्टिक उद्योग र उषा जल उद्योग निर्माणाधिन अवस्था रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ