News Category 2075/05/22
औद्योगिक क्षेत्रलाई उद्योगबिहीन बनाउने कार्य केन्द्रिय सरकारबाट पनि भयो ः उद्योग मन्त्री राय
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
प्रदेश नं. २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले प्रदेश नं. २ कै एक मात्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई संचालन गर्ने अभिभारा अब प्रदेश सरकारमाथी आइपरेको बताएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री रायले औद्योगिक क्षेत्रलाई उद्योग बिहीन बनाउने कार्य एक पक्षबाट मात्र नभएर तत्कालिन सरकारबाट समेत भएको आरोप लगाए । उनले औद्योगिक क्षेत्र निर्माण भएको दुई दशक भन्दा बढी समय भइसक्दा समेत त्यसमा उद्योग संचालन गरि त्यसलाई कसरी व्यवस्थापन गर्नेतर्फ केन्द्रिय सरकारले पहल नगरेको पनि लगाए ।
मन्त्री रायले औद्योगिक क्षेत्रलाई संचालन र त्यसमा रहेका उद्योगहरुको समस्या समाधान बारे पहल गर्ने प्रतिबद्धता जनाउँदै उद्योग संचालन गर्नका लागि मैत्रीपूर्ण एंव शान्तिपूर्ण वातावरण बनाउन स्थानिय प्रशासन, स्थानियवासी, स्थानिय तह लगायतहरुकै दायित्व समेत रहेको उल्लेख छ ।
उनले औद्योगिक क्षेत्रमा ठाउँ ओगटेर नामको मात्र उद्योग राख्नेलाई तुरुन्त उद्योग संचालनमा ल्याउन आग्रह गर्दै नभए ठाउँ गर्न सुझाव समेत दिए । उनले उद्योग संचालनका लागि सम्पूर्ण वातावरण बनाउन स्थानिय प्रशासन, स्थानिय तह, कार्यालयका कर्मचारी, स्थानिय व्यक्तिलाई आग्रह समेत गरे ।
सोही कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंहको पहलमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको औद्योगिक क्षेत्र उद्योग बिहीन रहेको अवस्था सम्पूर्ण जिल्लावासी कै लागि लाजमर्दो भएको जिकिर गरे ।
गजेन्द्र बाबुले निकै प्रयासका बाबजुद औद्योगिक क्षेत्र निर्माण गराउन सफल भए पनि त्यसमा उद्योग संचालन गराउन तत्कालिन सरकारले पहल नगरेको आरोप लगाउँदै मन्त्री साहले भने, “औद्योगिक क्षेत्र मेरो जिम्मा दिनुस् म यसमा उद्योग होईन की सीपमूलक जनशक्ति उत्पादन गरेर देखाइदिन्छु ।” मन्त्री साहले भने, “अहिले बैदेशिक रोजगारका लागि प्रदेश २ बाट हजारौं व्यक्ति सीप नलिई बिदेश गइरहेको अवस्थामा म प्रत्येक वर्ष १० हजार सीप सिकाएर कामदार उत्पादन गरेर देखाउँछु ।”
सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रमा उद्योग संचालनका लगि स्थानिय प्रशासनबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्योग संचालन नगरि ठाउँ ओगटेका उद्योगहरुलाई कारवाही गर्न प्रारम्भ गरिसकेको जानकारी दिँदै बाँकी रहेका उद्योगहरुलाई तत्कालै संचालनका लागि सुझाव समेत दिए ।
सो कार्यक्रममा औद्योगिक क्षेत्रमा उद्योग संचालन गरे उद्योगिहरुले पानी, बिजुली, सुरक्षा लगायतको समस्या बारे मन्त्रीद्वयलाई अवगत गराए थिए ।
कार्यक्रममा राजविराज नगरपालिका प्रमुख शम्भु यादवले औद्योगिक क्षेत्रलाई संचालन गर्न आफूहरुपनि सक्दो पहल गर्ने प्रतिबद्धता गरे । सो कार्यक्रममा प्रदेश सांसद नेत्रबिक्रम साह, राजाका नेता विपि यादव लगायतको उपस्थिति रहेको थियो ।
बुधबार मात्रै औद्योगिक क्षेत्रमा विगत २० वर्षदेखी स्थान ओगटेर बन्द अवस्थामा रहेका एस. एण्ड को. इलेक्ट्रोड्स प्रा.लि. र महालक्ष्मी खाद्य उद्योगको सम्झौत खारेज गरि सेडमा सरकारी ताला लगाइएको छ । एस. एण्ड को प्रालिको ११ लाख २२ हजार २ सय ९२ रुपैया २३ पैसा र महालक्ष्मी खाद्य उद्योगको ९ लाख ४३ हजार ४ सय १५ रुँपैया ७९ पैसा बाँकी बक्यौता रहेको व्यवस्थापन कार्यालयले जनाएको छ ।
बि.स. २०४४ सालमा भारत सरकारको सहयोगमा साढे २२ विगहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्र भित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड निर्माण गरिएको छ ।
तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदा समेत हाल कोशी पोलिमर्श इण्डष्ट्रिज, मिलन डेरी उद्योग, महालक्ष्मी पेट इण्डष्ट्रिज र पदम ज्योति प्लाष्टिक उद्योग गरि चार उद्योग मात्र सञ्चालनमा छन् । जस मध्ये कोशी पोलिमर्श इण्डष्ट्रिजले भवन नपाउँदा समेत आफ्नै लगानी सेड निर्माण गरि उद्योग संचालन गर्दै आएको छ ।
यस्तै अल नेपलिज टि एण्ड कफी सेन्टर प्रालि., कृष्णा खाद्य उद्योग र माँग भगवती कृषि टमाटो फुड्स इण्डष्ट्रिज बन्द अवस्थामा रहेका छन् भने कान्तिपुर प्लाष्टिक उद्योग र उषा जल उद्योग निर्माणाधिन अवस्था रहेको व्यवस्थापन कार्यालय जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ