News Category 2075/05/23
संविधान दिवसमा सहभागि हुन्नौं, बहिष्कार गर्छौं ः महासचिव सुमन, “अस्पतालको नाम परिवर्तन गर्नु दिवा स्वप्न”
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजपा महासचिव एवं प्रदेश २ का सांसद मनिष कुमार सुमनले असोज ३ गते संविधान दिवसमा सहभागि नहुने भन्दै बहिष्कार गर्ने बताएका छन् । तर, सो दिन पार्टीका तर्फबाट कुनै बिरोधका कार्यक्रम समेत नहुने उनले स्पष्ट पारे ।
दैनिकसँगको कुराकानीमा महासचिव सुमनले भने, “जुन विषयलाई लिएर ६ महिनासम्म ऐतिहासिक आन्दोलन भयो, दर्जनौं मधेशी सपुतले बलिदनी दिए, सयौं व्यक्ति घाइते भए तर, अवस्था ज्यूको त्युँ छ, त्यसैले राजपाले असोज ३ गते संविधान दिवसमा सहभागिता जनाउँदैन पनि अन्य कुनै बिरोधका कार्यक्रम पनि गर्दैन्, तर, संविधान दिवसलाई बहिष्कार गर्छ ।”
महासचिव सुमनले वर्तमान सरकार संविधान संशोधन गर्ने विषयमा अहिले पनि मौन बसेको छ, उनले भने, “संघीय सरकारलाई बाहिरबाट समर्थन गरेको राजपाले अब केही दिन मात्र “वेट एण्ड सी” पर्खन्छ ।”
मुलुकलाई द्वन्द्वबाट निकास दिन, लोकतन्त्रको रक्षा तथा संघीयता स्थापित गर्न मात्र राजपा तीनै तहको निर्वाचनमा सहभागि भएको उनको भनाई छ । प्रदेश सभा सदस्य समेत रहेका सुमनले असोज ३ गते संघीय, प्रदेश र स्थानिय गरि तीनै तहमा राजपाले संविधान दिवस बहिष्कार गर्ने स्पष्ट पारे ।
विभेदकारी संविधानले मधेशी जनताको अधिकार अहिले पनि कटौती गरेको भन्दै सांसद सुमनले भने, “जबसम्म संविधान संशोधन हुँदैन् तबसम्म हामी वर्तमान संविधानलाई मान्दैनौं र सो दिन सहभागि पनि हुँदैनौं ।”
यस्तै एक अर्को प्रसङ्गमा सांसद सुमनले राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालको नाम परिवर्तन गर्ने खोज्नेहरुले दिवा स्वप्न देखेको बताए । उनले भने, “प्रदेश नं. २ सरकारले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताललाई विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने निर्णय गरिसकेको अवस्थामा अब कसैले नाम परिवर्तन गर्न खोजे पार्टी त्यसको प्रतिकार गर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ