News Category 2075/05/23
संविधान दिवसमा सहभागि हुन्नौं, बहिष्कार गर्छौं ः महासचिव सुमन, “अस्पतालको नाम परिवर्तन गर्नु दिवा स्वप्न”
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजपा महासचिव एवं प्रदेश २ का सांसद मनिष कुमार सुमनले असोज ३ गते संविधान दिवसमा सहभागि नहुने भन्दै बहिष्कार गर्ने बताएका छन् । तर, सो दिन पार्टीका तर्फबाट कुनै बिरोधका कार्यक्रम समेत नहुने उनले स्पष्ट पारे ।
दैनिकसँगको कुराकानीमा महासचिव सुमनले भने, “जुन विषयलाई लिएर ६ महिनासम्म ऐतिहासिक आन्दोलन भयो, दर्जनौं मधेशी सपुतले बलिदनी दिए, सयौं व्यक्ति घाइते भए तर, अवस्था ज्यूको त्युँ छ, त्यसैले राजपाले असोज ३ गते संविधान दिवसमा सहभागिता जनाउँदैन पनि अन्य कुनै बिरोधका कार्यक्रम पनि गर्दैन्, तर, संविधान दिवसलाई बहिष्कार गर्छ ।”
महासचिव सुमनले वर्तमान सरकार संविधान संशोधन गर्ने विषयमा अहिले पनि मौन बसेको छ, उनले भने, “संघीय सरकारलाई बाहिरबाट समर्थन गरेको राजपाले अब केही दिन मात्र “वेट एण्ड सी” पर्खन्छ ।”
मुलुकलाई द्वन्द्वबाट निकास दिन, लोकतन्त्रको रक्षा तथा संघीयता स्थापित गर्न मात्र राजपा तीनै तहको निर्वाचनमा सहभागि भएको उनको भनाई छ । प्रदेश सभा सदस्य समेत रहेका सुमनले असोज ३ गते संघीय, प्रदेश र स्थानिय गरि तीनै तहमा राजपाले संविधान दिवस बहिष्कार गर्ने स्पष्ट पारे ।
विभेदकारी संविधानले मधेशी जनताको अधिकार अहिले पनि कटौती गरेको भन्दै सांसद सुमनले भने, “जबसम्म संविधान संशोधन हुँदैन् तबसम्म हामी वर्तमान संविधानलाई मान्दैनौं र सो दिन सहभागि पनि हुँदैनौं ।”
यस्तै एक अर्को प्रसङ्गमा सांसद सुमनले राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालको नाम परिवर्तन गर्ने खोज्नेहरुले दिवा स्वप्न देखेको बताए । उनले भने, “प्रदेश नं. २ सरकारले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताललाई विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने निर्णय गरिसकेको अवस्थामा अब कसैले नाम परिवर्तन गर्न खोजे पार्टी त्यसको प्रतिकार गर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ