News Category 2075/05/24
उद्योगहरुबाट ६४ लाख बढी बक्यौता असुल गर्न बाँकी
राजविराज÷प्रदेश नं. २ को एक मात्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बन्द, खारेज र संचालनमा रहेका विभिन्न उद्योगहरुबाट २०७५ असार मसान्त सम्ममा ६४ लाख ३९ हजार २ सय ९६ रुँपैया ८४ पैसा बक्यौता असुल गर्न बाँकी रहेको छ ।
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिट्टीमा अवस्थित यस औद्योगिक क्षेत्रमा स्थापनाकालदेखी हालसम्म १८ वटा उद्योगहरुबाट सो रकम उसुल गर्न बाँकी रहेको कार्यालयका प्रमुख दिपक आचार्यले जानकारी दिएका छन् ।
प्रमुख आचार्यले दिएको जानकारी अनुसार १८ वटा उद्योग मध्ये हाल चार वटा उद्योगहरु संचालनमा, दुई वटा खारेज, दुई वटा निर्माणाधीन र तीन वटा बन्द अवस्थामा रहेका छन् भने ७ वटा उद्योगहरु विगतमा संचालन, बन्दहुँदै पलायन भइसकेका छन् । तर, ती उद्योगहरुको बाँकी बक्यौता अझै बाँकी नै रहेको छ ।
टस्पद्धमा ज्योति प्लाष्टिक उद्योग, मिलन डेरी एण्ड फुड्स ईण्डष्ट्रिज प्रालि, कोशी पोलिमर्श इण्डष्ट्रिज र महालक्ष्मी पेट इण्डष्ट्रिज मात्र संचालनमा रहेका छन् । संचालनमा रहेका यी उद्योगहरुबाट समेत बक्यौता बाकी रहेको छ । जसमा मिलन डेरीको ६ हजार २ सय ८ रुँपैया ४५ पैसा व्यवस्थापन कार्यालयमाथी नै रहेको छ ।
त्यस्तै पद्धम ज्योतिबाट ६ लाख ८७ हजार १ सय १७ रुँपैया २७ पैसा, कोशी पोलिमर्शबाट ८२ हजार २ सय ८१ रुँपैया ५६ पैसा र महालक्ष्मीबाट ६ लाख ७५ हजार २ सय ३७ रुँपैया ९७ पैसा असुल गर्न बाँकी रहेको व्यवस्थापन कार्यालयले जनाएको छ ।
यस्तै बुधबार मात्र सम्झौता खारेज गरि कारवाहीमा परेका एस. एण्ड को. इलेक्ट्रोड्स प्रालिको ११ लाख २२ हजार २ सय ९२ रुपैया २३ पैसा र महालक्ष्मी खाद्य उद्योगको ९ लाख ४३ हजार ४ सय १५ रुँपैया ७९ पैसा बाँकी बक्यौता रहेको छ ।
यसैगरि निर्माणाधिन उद्योगहरु कान्तिपुर प्लाष्टिक उद्योगको ५० हजार ८ सय ९७ रुँपैया ८७ पैसा र उषा जल उद्योगको २३ हजार ३ सय ३६ रुँपैया ४३ पैसा रकम असुल गर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ ।
त्यस्तै बन्द रहेका तीन उद्योगहरु अल नेपलिज टी एण्ड कफीको ६ लाख ४८ हजार ३ सय ७७ रुँपैया २३ पैसा, कृष्णा खाद्य उद्योगको ८ लाख २२ हजार ९ सय ९६ रुँपैया ५८ पैसा र माँ भगवती कृषि टमाटो फुड्स इण्डष्ट्रिजको ४ लाख ७६ हजार ९ सय ७२ रुँपैया ३१ पैसा बाँकी बक्यौता रहेको छ ।
यसअघि विगतमा संचालन अनि बन्द भई पलायन भएका सात उद्योगहरुमा घरेलु तथा साना उद्योग को. ४८ हजार २ सय ५१ रुँपैया ९ पैसा, जिविस प्रालिको ९ हजार ३ सय ३६ रुँपैया ६ पैसा, नेपाल आयूर्वेदिक मेडिसीन ३ लाख ८८ हजार २ सय २२ रुँपैया ६९ पैसा, क्राफ्टेक उद्योगको २ लाख ४८ हजार ५ सय ८६ रुँपैया २२ पैसा, बोनमार्स डिजाईन पमागार्डको २ हजार १ सय ४ रुँपैया ९६ पैसा, महालक्ष्मी कार्डबोर्ड उद्योगको ६५ हजार ५ सय ९१ रुँपैया १७ पैसा र औद्योगिक विकास निगमको १ लाख ४४ हजार २ सय ५१ रुँपैया ८१ पैसा बाँकी रहेको कार्यालय प्रमुख आचार्यले बताए ।
बि.स. २०४४ सालमा भारत सरकारको सहयोगमा साढे २२ विगहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्र भित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड निर्माण गरिएको छ भने हालै एक उद्योगले आप्mनो लगानीमा सेड निर्माण गरि उद्योग संचालन गर्दैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ